लोकतन्त्र लाई संस्थागत गरी मतदान गर्न आग्रह

  नयाँ बुलन्द  124 पटक हेरिएको

इलाम : उम्मेद्धवारहरुले लोकतन्त्र लाई संस्थागत गरी बचाउनका निम्ति आफूहरुलाई भोट दिन मतदातालाई आग्रह गरेका छन् । आज इलाममा भएको पत्रकार  भेटघाट कार्यक्रममा बोल्दै उनीहरुले मतदाताहरुलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा वोल्दै राष्ट्रिय सभा सदस्य पदका उम्मेद्धवार राजेन्द्र घिमिरे तथा राष्ट्रिय सभा सदस्य पदकै दलित तर्फ बाट उम्मेद्धवार निर बहादुर धमला(बिमलले) पाटीको आस्था विचार बाट माथि उठेर आफूहरुलाई विजयी गराउन आग्रह गरे ।

प्रदेश नम्बर १ को विराटनगरमा आगामी माघ ९ गते हुने निर्वाचनमा राजेन्द्र घिमिरे, दलित सदस्यको तर्फबाट बिमल धमला, र महिला कोटामा सुनसरीको धरान निवासी मिना पुलामी मगर भिड्दैछिन् ।

२ वर्षे कार्यकाल अवधि सकिएपछि प्रदेश नम्बर १ मा ३ वटा राष्ट्रिय सभा सदस्यको पद रिक्त छ । उक्त निर्वाचनका लागि प्रदेश नम्बर १ का निर्वा्चित तथा समानुपातिक सांसदहरु ९३ जना,स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु २ सय ७४ गरी ३ सय ६७ जना मतदाताहरुले मतदान गर्देछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार