मन्त्री नै नभइ बधाईको ओइरो

  नयाँ बुलन्द
0 Shares

इलाम : नेकपाका इलाम अध्यक्ष तथा प्रदेश नम्बर १ का सांसद राम रानाले मन्त्री नै नभइ बधाइ पाउन थालेका छन् ।

मंगलबार साझ देखि फेसबुकमा बधाई पाइरहेका रानालाई प्रदेश सरकारले मन्त्रीमा नियुक्ति गरेको छैन ।

प्रदेश नम्बर १ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएकोमा सामाजीक सञ्जाल फेसबुकमा बधाइ पाएका उनी भने गाउँमा विभिन्न कार्यक्रममा व्यस्त भएको बताउँछन् ।

रानाले पनि ‘साथीहरुबाट खबर पाएको’ बताए । मन्त्री मण्डल विस्तार गर्ने तयारी भएको र एक जना मन्त्री राना भएको खबर विराट नगरको दर्शन दैनिकले मंगलबार प्रकाशन गरेपछि रानाका पछि लाग्नेको लर्को फेसबुकमा बढेको थियो ।

नेकपा इलामका कार्यलय सचिव नवराज शंकरले माघ ५ भित्रमा रानाको मन्त्रीका रुपमा सपथ खाने दावी गरे । इलामका विभिन्न अनलाईनहरुले विराटनगरबाट लेखेको समाचार साभार गरेर रानाको फेसबुकमा ट्याग गरेपछि बधाई शुरु भएको हो ।
मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धुर्व सुवेदीका अनुसार मन्त्रीपरिषद विस्तारनै भएकाे छैन । निगरानीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार