लोकसेवा तयारी सामाग्री (वस्तुगत प्रश्नोत्तर)

  नयाँ बुलन्द
0 Shares

१. प्रदेश ३ को प्रदेशसभा बैठकले प्रदेशको नामकरण के गरेको छ ?
 बाग्मती (प्रदेशको स्थायी राजधानी ः हेटाँैडा),
विक्रम संवत् २०७६ पुस २७
– प्रदेशसभा बैठकद्वारा दुईतिहाइभन्दा बढी मतका साथ नाम बाग्मती र राजधानी हेटौँडा पारित गरिएको । प्रदेशको राजधानीबारे भएको मतदानमा हेटौँडाको पक्षमा एक सय पाँच मत र विपक्षमा तीन मत प्राप्त भएको । नेकपा, काँग्रेस र राप्रपाका सांसदले हेटौँडाको पक्षमा तथा विवेकशील नेपाली र साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका ।
– प्रदेशको नाम बाग्मती राख्ने प्रस्ताव सर्वसम्मति (एक सय आठ मत) ले पारित भएको ।
– प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बाग्मती घोषणा गरेपश्चात् सोही दिन प्रदेश प्रमुख विष्णु प्रसाईंद्वारा प्रमाणीकरण गरिएको साथै सो दिनदेखि नै कार्यान्वयन हुनेगरी राजपत्रमा प्रकाशित गरिएको ।
२. इरानी सैन्य कमान्डर कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएपश्चात् इराकस्थित अमेरिकी सैन्य अखडामा इरानद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार कहिले भएको हो ?
 सन् २०२० जनवरी ८
– इरानको सरकारी सञ्चारमाध्यमका अनुसार सो आक्रमण जनरल सुलेमानीको हत्याको बदला लिन गरिएको बताइएको । सो आक्रमणमा चारजना सैनिक साामान्य घाइते भएको ।
– सन् २०२० जनवरी ३ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको एक ड्रोन हमलामा जनरल सुलेमानी मारिएका ।
– इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका । इराक र अमेरिका युद्ध चर्कियो भने नेपाली अर्थतन्त्र प्रभावित हुने नेपाल राष्ट्र बैङ्कले जनाएको । नेपाल भित्रने कुल रेमिट्यान्समध्ये ५० प्रतिशत हिस्सा खाडी मुलुकको रहेको । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत आवमा विश्वका विभिन्न मुलुकबाट आठ खर्ब ७९ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको । यदि युद्ध चर्किएमा चार खर्बभन्दा बढी रेमिट्यान्स प्रभावित बन्न सक्ने ।
३. इरानमा युक्रेनी विमान बोइङ–७३७–८०० कहिले दुर्घटनाग्रस्त भएको हो ?
 सन् २०२० जनवरी ८
(तेहरानको इमाम खमेनी विमानस्थलबाट उडेको सो विमान उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको । विमानमा १६७ यात्रु र नौजना चालक दलका सदस्य रहेका ।)
४. पाकिस्तानको लाहोरस्थित उच्च अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला कहिले बदर गरेको हो ?
 सन् २०२० जनवरी १३
– विशेष अदालतको कानुनी प्रक्रियालाई असंवैधानिक भन्दै उच्च अदालतले मुसर्रफमाथिको सजाय बदर गरेको हो ।
– विशेष अदालतले सन् २०१९ डिसेम्बर १७ मा मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको पैmसला सुनाएको थियो ।
– जनरल मुसर्रफले सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई सत्ताच्यूत गरी सत्ता आफ्नो हातमा लिएका ।
– मुसर्रफले सन् २००१ देखि २००८ सम्म राष्ट्रपतिको कार्यभार सम्हालेका ।
– मुसर्रफले आफ्नो कार्यकाल लम्ब्याउन सन् २००७ मा संविधान निलम्वन गरेर आपतकाल घोषणा गर्नुभएको थियो ।
– आफूमाथि महाभियोग लाग्ने डरले उहाँले सन् २००८ मा राजीनामा दिनुभएको थियो ।
– सन् २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज) सरकारमा आएपछि उहाँविरुद्ध मुद्दा दायर गरिएको थियो ।
५. पहिलो बालमैत्री गाउँपालिका घोषित हुन सफल गाउँपालिका कुन हो ?
 मनहरि गाउँपालिका (मकवानपुर)
– देशभरका ४ सय ६० गाउँपालिकामध्ये मनहरि पहिलो बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिका बनेको ।
– गाउँपालिकास्तरमा मनहरिलाई २०७६ पुस २८ मा बालमैत्री गाउँपालिका घोषित गरिएको ।
६. हात्तीपोलो प्रतियोगिता २०७६ को उपाधि कसले जित्यो ?
 खैरहनी नगरपालिका (उपविजेता ः रत्ननगर नपा)
७. विक्रम संवत् २०७६ मा प्रदान गरिने ‘पहिचान सम्मान’ बाट सम्मानित स्रष्टा को
हुनुहुन्छ ?
 खगेन्द्र सङ्ग्रौला
– यो सम्मान पाँच–पाँच वर्षमा प्रदान गरिने ।
– सम्मानको राशि चार लाख दुई हजार दुई सय रुपियाँ रहेको ।
८. २२औँ विश्वकप फुटबल–२०२२ को लोगो कहिले सार्वजनिक गरिएको हो ?
 सन् २०१९ सेप्टेम्बर ३
– सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार रहेको ।
– प्रतियोगिता सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म सञ्चालन हुने ।
९. नेपालमा हुने साइबर अपराधसम्बन्धी गतिविधिविरुद्ध नेपाल र चीनद्वारा सञ्चालित अपरेसनलाई के भनी चिनिन्छ ?
 चार्ली फोक्स्टर
१०. राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला कहाँ रहेको छ ?
 गोदावरी, ललितपुर
– विक्रम संवत् २०१९ कात्तिक १२ मा शाही वनस्पति उद्यानका रूपमा स्थापित यो उद्यान २०६२÷६३ को जनआन्दोलनपश्चात् राष्ट्रिय वनस्पति उद्यानका रूपमा नामाङ्कित भएको ।
– दशकौँ पुराना रूख र वनस्पतिको साझा भण्डारका रूपमा रहेको यो उद्यान वैज्ञानिकहरूका लागि उपयुक्त अनुसन्धान केन्द्र रहेको ।
– यस उद्यानमा हाल ५७५ प्रजातिका फूल, २९० प्रजातिका पक्षी, २५० प्रजातिका पुतली एवम् अनगिन्ती वनस्पति पाइने ।
– यहाँ रहेको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला (सन् १९६१ मा स्थापित) मा फूल फुल्ने र नफुल्नेगरी एक लाख ६५ हजार वनस्पतिका नमुना राखिएको ।
११. पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षमा को नियुक्त भएका छन् ?
 भीष्मराज ढुङ्गाना
१२. गोल्डकास्ट डटकमद्वारा हालै सार्वजनिक प्रतिवेदनअनुसार सन् २०१० देखि २०१९ सम्मको दशककै प्रेरणादायी व्यक्तिको सूचीमा उत्कृष्ट स्थानमा रहन सफल नेपाली चेली को हुनुहुन्छ ?
 पुष्पा बस्नेत
– सामाजिक अभियन्ता बस्नेतले जेलजीवन बिताइरहेका आमाबाबुका सन्ततिहरूको पालनपोषण एवम् शिक्षामा कार्य गर्दै आउनुभएको ।
– उहाँ सीएनएन हिरोका साथै सीएनएन सुपर हिरो अवार्डबाट सम्मानित हुनुभएकी ।
१३. नेपाल जनप्रसाशन सङ्घको अध्ययक्षमा कसलाई नियुक्त गरियो ?
 कृष्णहरि बास्कोटा
१४. ओमनका सुल्तान कावुस बिन सइद अल सइदको निधन कहिले भएको हो ?
 सन् २०२० जनवरी १०
– सुल्तान कावुुस सन् १९७० मा बेलायतको समर्थनमा आफ्ना पितालाई हटाई आफैँ सुल्तान बन्नुभएको ।
– कावुस अरब जगत्मा सबैभन्दा लामो समय सुल्तान रहनुभएको । उहाँले सन् १९७० देखि अहिलेसम्म झन्डै ५० वर्ष ओमनमा शासन गर्नुभएका ।
– उहाँको निधनपश्चात् उहाँकै नातेदार हैथम विन तारिकलाई नयाँ सुल्तानका रूपमा चयन गरिएको ।
१५. अरब राष्ट्रहरूबीच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?
 सन् १९४५ मार्च २२
(यसको प्रधान कार्यालय इजिप्टको कायरोमा रहेको ।)
१६. हालै भीषण आगलागीको चपेटामा परेको अस्ट्रेलियमा सबैभन्दा बढी प्रभावित क्षेत्र कुन–कुन हुन् ?
 न्यु साउथ नेल्स र भिक्टोरिया
– अस्ट्रेलियमा सन् २०१९ सेप्टेम्बरदेखि सुरु भएको भीषण आगलागीका कारण झन्डै ८४ लाख हेक्टर जङ्गल जल्न पुगेको छ । न्यु साउथवेल्स राज्यस्थित कोवार्गो र मोगो सहर विनाश भएका छन् । त्यसैगरी, भिक्टोरिया राज्यको एक नगर मालाकुटालाई पनि आगोले ठूलो क्षति पु¥याएको छ । अहिले (सन् २०२० जनवरी दोस्रो हप्ता) सम्म झन्डै ४८ करोड जङ्गली जीवजन्तुको मृत्यु भइसकेको जनाइएको छ ।
– अस्ट्रेलिया सन् २००९ मा पनि भीषण आगलागीको चपेटामा परेको ।
– गर्मी मौसममा अस्ट्रेलियामा सामान्यताया गर्मी र सुख्खा रहने गर्छ ।
१७. नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागू गरिएको हो ?
 विक्रम संवत् २०७१ असोज १३
१८. हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा
रहेको छ ?
 कालीगण्डकी र त्रिशूली
– चितवन, नवलपुर र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित यो ठाउँ नारायणगढ बजारदेखि करिब सात किमि उत्तरमा रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायतका नदी पनि मिसिएर यहाँ आइपुग्छन् । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पुराणहरूमा उल्लेख छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । रामचन्द्र वनवास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास गरिन्छ ।
– यहाँ स्नान गर्नाले ठूलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेकोभन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको छ ।
– माघेसङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूली एकादशी, बालाचतुर्दशीलगायत पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ ।
१९. “जलवायु परिवर्तन, पर्वत र मानवीयताको भविष्य” शीर्षकमा विश्वस्तरीय सगरमाथा संवादको आयोजना कहिले गरिने भएको छ ?
 विक्रम संवत् २०७६ चैत २०–२२
२०. नेपालले चीनका सात बन्दरगाह (चारवटा सामुद्रिक र तीनवटा सुख्खा) उपयोग गर्न पाउने व्यवस्था कहिलेदेखि कार्यान्वयनमा आएको हो ?
 सन् २०२० जनवरी १
– २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल) अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको ।
– दुई देशबीच त्यो बेला भएको सहमतिअनुसार नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङझियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुख्खा बन्दरगाह उपयोग गर्न पाउने भएको ।
– यो सहमति यही जनवरी १ देखि कार्यान्वयनमा आएको ।
– बन्दरगाहबाहेक दुई देशबीच थप नाका प्रयोगमा पनि सहमति जुटेको छ । जसअनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ (कोराला) र ओलाङचुङगोला गरी छवटा नाका प्रयोग गर्न सकिनेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म आउन जान सक्ने सहमति पनि भएको छ ।
– प्रधानमन्त्री केपी शर्मा ओली २०७२ चैतमा चीन भ्रमणमा रहँदा दुई देशबीच पारवहन तथा यातायात सम्झौता भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको २०७६ वैशाख तेस्रो हप्तामा भएको चीन भ्रमणका क्रममा पारवहन तथा यातायातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो । प्रोटोकलमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट यातायातमन्त्री ली छियाङपेङले हस्ताक्षर गर्नुभएको थियो ।
२१. छोराको विवाहमा दुलहाका बाबु जन्ती जान नहुने चलन कुन जातिमा रहेको छ ?
 दनुवार
२२. वाइफाइको पूरा रूप के हो ?
 वायरलेस फिडिलिटी
२३. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?
 विक्रम संवत् २०७४ साउन १२
(युएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसद्को बैठक प्रत्यक्ष रूपमा हेर्न र सुन्न सकिने ।)
२४. रोबोट सञ्चालनमा ल्याउने पहिलो नेपाली बैङ्क कुन हो ?
 एसबीआएई बैङ्क
– बैङ्कले २०७४ असार १३ देखि रोबोट सञ्चालनमा ल्याएको ।
– व्यावसायिक रूपमा पहिलोपल्ट प्रयोगमा ल्याइएको सो रोबोटको नाम ‘परी’ रहेको ।
२५. सामान्यतया चल्ती र कुल निक्षेप खातामा कति अवधिसम्म कारोबार नभए खाता निष्क्रिय भएको मानिन्छ ?
 छ महिना
– त्यस्तै, बचत खातामा तीन वर्षसम्म कुनै कारोबार नभएमा निष्क्रिय भएको मानिने ।
– राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार हाल विभिन्न बैङ्किङ संस्थामा सर्वसाधारणका झन्डै तीन लाख ७५ हजार खाता निष्क्रिय रहेका । साथै यी खातामा दुई अर्ब ५० करोड रुपियाँ बेवारिसे रहेको ।
– बैङ्कहरूले सार्वजनिक रूपमा जानकारी गराउँदासमेत निक्षेपकर्ता वा उसका आफन्तले रकम नलगेमा २० वर्ष पछि यी खातामा रहेको रकम बैङ्किङ विकास कोषमा जाने व्यवस्था रहेको ।
२६. राष्ट्र बैङ्कद्वारा प्रकाशित तथ्याङ्कअनुसार २०७६ कात्तिकसम्म बैङ्क तथा वित्तीय संस्थामा सर्वसाधारणको कुल बैङ्क खाता सङ्ख्या कति रहेको छ ?
 दुई करोड ९२ लाख
– ‘सबै नेपालीको बैङ्क खाता’ भन्ने सरकारको नाराजस्तै दुई करोड ९२ लाख बैङ्क खाता पुगेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । तथापि, केन्द्रीय बैङ्ककै अध्ययनअनुसार एकै व्यक्तिको धेरै खाता भएकाले ४० प्रतिशतभन्दा बढी नेपाली अझै बैङ्किङ पहुँच बाहिरै छन् ।
– राष्ट्र बैङ्कको गत असोजको अध्ययनले नेपालमा बैङ्किङ पहुँच ६०.९ प्रतिशत रहेको निष्कर्ष निकालेको थियो ।
२७. हालै कुन देशका राजकुमार दम्पतीले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा गर्नुभएको छ ?
 बेलायत
(सन् २०२० जनवरी)
– राजकुमार ह्यारी र उहाँकी पत्नी मेगन मार्केलले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा गर्नुभएको । ह्यारी र मेगनको जोडीले ब्रिटिस परिवारभित्र प्रगतिशील नयाँ भूमिका सिर्जना गर्न चाहेको र ‘शीर्ष’ शाही सदस्यको भूमिकाबाट पछि हटेको बताएको ।
– राजकुमार ह्यारी राजकुमार चाल्र्स, राजकुमार विलियम र उहाँका तीन सन्तानपछि बेलायतको राजगद्दीको छैटौँ रोलक्रममा रहेको ।
२८. दुई फरक गुण भएका जीवहरूबीच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?
 हाइब्रिडाइजेसन
२९. ‘पर्यटनका लागि सँगसँगै’ भन्ने नाराका साथ ‘नेपाल पर्यटन वर्ष’ कहिले मनाइयो ?
 सन् २०११
(यसअघि सन् १९९८ लाई ‘नेपाल भ्रमण वर्ष’ र सन् २००२–२००३ लाई ‘गन्तव्य नेपाल वर्ष‘ का रूपमा मनाइएको थियो ।)
३०. नेपालमा पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो ?
 सन् १९९६
– नेपालमा सन् २०१६ मा पाँचौँ राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण सम्पन्न भएको ।
– पाँचाँै स्वास्थ्य सर्वेक्षणअनुुसार नेपालका पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशत कम तौल भएका र १० प्रतिशत ख्याउटे भएको देखिएको ।
– नेपालमा प्रत्येक पाँच वर्षमा स्वास्थ्य सर्वेक्षण गरिँदै आएको ।

प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार