किरात लिम्बूहरुको नयाँ वर्षमा माङसेबुङ गाउँपालिकाले दियो सार्वजनिक विदा

  नयाँ बुलन्द
0 Shares

इलाम : किरात लिम्बूहरुको नयाँ वर्ष येले तङवे ५०८०  को उपलक्ष्यमा बुधबार इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

प्रत्येक वर्षको माघ १ गते मकर संक्रान्तिका दिन सुरु हुने किरात लिम्बूहरुको नयाँ वर्षमा गाउँपालिका क्षेत्रभित्रका विभिन्न सरकारी कार्यलय, संघसस्था, शिक्षण सस्थाहरु, वैंक लगायतका कार्यलय सञ्चालन नहुने गरी विदा दिएको हो ।

२६ पुसमा बसेको गाउँ कार्यपालिकाको बैठकले स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

माघ १ गते किरात लिम्बू समुदायको नयाँ वर्षसँगै राष्ट्रिय चाड कक्फेवा तङनामा समेत पर्दछ । पछिल्लो समय कक्फेवा तङनाम अन्य समुदायले समेत माघे सक्रान्तिको नाममा मनाउने गरेकाले नेपालको एक प्रमुख चाडको रुपमा स्थापित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार