घलेको हत्या अभियोगमा दुई पक्राउ

  नयाँ बुलन्द  188 पटक हेरिएको

इलाम : इलामको सुर्योदय नगरपालिका-७ घले टोलका २९ वर्षीय बिमल घलेको हत्यामा संलग्नको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राती १० बजे भएको घलेको हत्यामा संलग्न रहेको अभियोगमा सूर्योदय नगरपालिका ७ घलेटोलका २८ वर्षीय सुमन घले र दार्जिलिङ बिजनबारी ५ भारतका २९ वर्षीय विजय घलेलाई पक्राउ गरेको हो ।

उनीहरुलाई कर्तव्य ज्यान मुद्धामा इलाम जिल्ला अदालतबाट म्याद लिई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार