माईजोगमाई गाउँपालिकाले दियो बुधबार सार्वजनिक विदा

  नरेन इलामेली  160 पटक हेरिएको

माईजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले आगामी माघ १ गते बुधबार सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाले सोमबार एक सूचाना जारी गर्दै बुधबार सार्वजनिक विदा दिएको जनाएको छ । गाउँपालिकाको आइतबार बसेको ७८ औँ कार्यपालिका बैठकले परम्परागत रुपमा लाग्दैै आएको माइबेनी मेलालाई मध्यनजर गर्दै सार्वजनिक विदा निर्णय गरेको सूचनामा उल्ललेख गरिएको छ ।

इलामका ३ स्थानिय तह इलाम नगरपालिका, सूर्योदय नगरपालिका, र माइजोगमाई गाउँपालिकाको संगम स्थल माई र जोगमाइ नदकिो दोभानमा लाग्ने माइबेनी मेला इलाम जिल्ला कै प्रख्यात मेला हो । मेला कहिलेबाट सुरु भयो भन्ने आधिकारिक जानकारी नधए पनि १ सय ५० बर्ष भन्दा पहिलेबाट मेला लाग्न सुरु भएको स्थानिय जानकारहरु बताउँछन् । हरेक बर्ष झैँ यस बर्ष पनि सोमबारबाट सुरु भएको मेला आगामी २ माघ सम्म संचालन हुनेछ ।

मेलालाई सभ्य र भब्य रुपमा सफल पार्न मेला व्यवस्थापन समित, स्वयमसेवक र प्रहरी प्रशाशन सक्रिय भएर लाग्ने मेला व्यवस्थापन समितिका अध्यक्ष तथा माइजोगमाई ४ का वडाअध्यक्ष गणेश कुमार राईले नयाँ बुलन्दलाई जानकार िदिए । मेलामा इलाम, झापा, पाँचथर साथै भारतको पश्चिम बंगाल दार्जिलिङ्ग, सिक्किम, मिरिक लगायतका स्थानबाट दर्शनार्थीहरु आउने गर्छन । यस बर्ष मेलामा दश देखि १५ हजार दर्शनार्थी तथा पर्यटकहरु आउने अनुमान गरिएको छ भने एक लाख रुपैँया राजस्व संकलन गर्ने मेला व्यवस्थापन समितिको लक्ष्य रहेको छ ।

मेलामा आउने दर्शनार्थीहरुले माई र जोगमाई नदीको दोभानमा मकर नुहाउने र नजिकै रहेको माइभगवती मन्दिरमा पूजाआजा गर्ने गर्छन् । यसरी पूजाआजा गर्दा मानोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । विभिन्न प्रकारका तरुल, उखु, सुन्तला र बदाम माइबेनीको प्रख्यात खानेकुरा मानिन्छ । साथै माइबेनी मेलामा राई जातिको साकेला , लिम्बू जातिको धान नाच लगायतका कला संस्कृति समेत देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार