नेपाल घुम्‍न आउने पर्यटकलाई काठबाट बनेको मायाको चिनो !

  नयाँ बुलन्द
0 Shares

ललितपुर : ललितपूरको लामाटारमा रहेको पातले सामुदायिक वन उपभोक्ता समूहले पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई काठबाट बनेको मायाको चिनो उत्पादन गरि वितरण गर्ने भएको छ ।

समूहको साधारण सभा मार्फत समूहका अध्यक्ष हिरा बहादुर पौडेलले सय जनालाई प्रत्यक्ष रोजगार प्रदान गरि मायाको चिनो उत्पादन गरि बितरण गर्ने बताए । वनले श्रृंग ऋषि गुफा तथा सुर्यमैते गुफाको संरक्षण र प्रचार प्रसार गरि पर्यटन प्रबर्धनमा जुट्ने उपभोक्ताहरुले प्रतिवद्धता जनाएका छन् ।

प्रदेश ३ का सांसद माधव पौडेलले पातले वन नेपालकै नमुना वनको रुपमा अघि बढेको र पर्यटकिय क्षेत्रको संरक्षणमा समेत जुटेको बताए  ।

काठमाण्डौंको कोलाहलपूर्ण वातावरणबाट मुक्ति पाउनको लागि लामाटार सिस्नेरीमा १० किलोमिटरको दुरिमा नै यहाँ पुग्न सकिने भएकाले आन्तरिक पर्यटकको पनि ठूलो सम्भावना यो क्षेत्रले बोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार