लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन फागुन पहिलो साता

  नयाँ बुलन्द
0 Shares

इलाम : लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन आगामी फागुन पहिलो साता हुने भएको छ ।

सोमबार मोरङको पथरीमा बसेको लिम्बू पत्रकार संघको पुर्ण बैठकले महाधिवेशन लिम्बुवान भुमिमा सम्पन्न गर्ने निर्णय गरेको हो । मिति र स्थान भने तोकेको छैन ।

महाधिवेशन सप्पन्न गर्न लिम्बू पत्रकार संघका केन्द्रीय अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा पदाधिकारी, सदस्य र सबै जिल्ला अध्यक्ष सदस्य रहेको मूल आयोजक समिती समेत गठन गरेको छ ।

बैठकले लिम्बू पत्रकार संघको केन्द्रीय कोषाध्यक्षमा इलामका क्रियाशील पत्रकार राम योङहाङलाई मनोनित गरेको छ ।

लिम्बू पत्रकार संघ इलामका सहसचिव रहेका योङहाङलाई केन्द्रीय समितिमा मनोनित गर्दै कोषाध्यक्षमा चयन गरेको हो ।
संघको दोश्रो राष्ट्रिय महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भुपेन्द्र खुदाङले पदबाट राजिनामा दिएपछि रिक्त थियो । रिक्त स्थानमा योङ्हाङलाई मनोनीत गरिएको संघका महासचिव मिलन लिम्बूद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख छ ।

योङहाङ नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) इलामका अध्यक्ष र प्रेस नेपालका केन्द्रीय सदस्य समेत छन ।

योङहाङ हाल इलामबाट संचालित नयाँ बुलन्द डटकमका सम्पादक/संचालक, नयाँ बुलन्द अनलाइन टिभिका संचालक तथा सौर्य राष्ट्रिय दैनिकका जिल्ला संवाददाताका रुपमा कार्यरत छन ।

त्यस्तै बैठकले विष्णु सुब्बा आङ्देम्बे, भुमिका सुब्बा, दिनेश लिङ्खिम, लोकेश लिवाङ र स्वर्णिमहाङ फोम्बोलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार