समाजवादी विद्यार्थी युनियन धनकुटा तदर्थ समिति गठन

  नयाँ बुलन्द  193 पटक हेरिएको

धनकुटा : पार्टीले अघि बढाएको संगठन बिस्तार तथा सुढृडिकरण अभियानलाई आत्मासाथ गर्दै समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन धनकुटाको तदर्थ कमिटी गठन भएको छ ।

पार्टीको विशेष पहलमा संगठनको जिल्लासगै नगर कार्यसमिति पनि एक कार्यक्रमकाबिच गठन भएको छ ।

कार्यक्रम पार्टीका केन्द्रिय सदस्य अर्जुन थापा, जुद्द राई, पुर्ण बहादुर बस्नेत, निर्वाचित वडा अध्यक्ष बिकास घिमिरे तथा महेन्द्र बुहुमुखी क्याम्पस धरानका स्वबियु सभापति सरगम सागर चेम्जोङले कार्यक्रम सहजीकरण गर्दै समसामयिक विद्यार्थी राजनीतिको बारेमा आफ्ना भनाई राखेका थिए ।

कार्यसमितिको घोषणा पार्टी जिल्ला अध्यक्ष बलबहादुर राई र नगर अध्यक्ष दिलकुमार राईले घोषणा गरेका थिए ।

समितिका अध्यक्षमा सोनिका आठपहरिया, उपाध्यक्षमा सुमन कट्वाल, सचिवमा बिकास राई, सहसचिवमा अमृता लिम्बु र कोषाध्यक्षमा सविता भट्टराई रहेका हुन् ।

सदस्यहरुमा कल्पना कार्कि, नवराज पौडेल, रेनुका तामाङ, सुस्मिता राई, स्मिता खिम्बुले, सुश्मा राई, अनुरा राई, बेबिन राई, राजेन्द्र लिम्बु, अस्मिता लम्जेल, रोनिसा राई, दीक्षा राई, शान्ती लिम्बू, स्मृति राई, अस्मिता बस्नेत, बिष्णु लिम्बु, लक्ष्मि याख्खा, सरु याख्खा रहेका छन ।

सल्लाहकार योगेन्द्र राई रहेको २३ सदस्यीय कमिटी गठन भएको छ । साथै यसै कार्यक्रम बाट अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य योगेन्द्र राई समाजबादी विद्यार्थी युनियनमा प्रबेश गरेका छन् ।
नगर कार्यसमितिका अध्यक्षमा अर्जुन आठपहरिया, सचिवमा ममता मगर, कोषाध्यक्षमा असिम भण्डारी छन् ।

सदस्यहरुमा अषिन राई, रेणका राई, निसा राई, प्रदिप आठपहरिया, युवराज हमाल, साइत कुमारी आठपहरिया, युवराज हमाल , रञ्जना घिमिरे, सुपि्या राई, दिनेश आठपहरिया, सुम्निमा राई, निसल पौडेल, सरस्वती श्रेष्ठ, दिपेश कार्की, सहिन श्रेष्ठ, राहुल राई, पार्वती विश्वकर्मा सहित १९ सदस्यीय रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार