वडाध्यक्षद्वारा सरकारी सुविधा वापतको रकमबाट विपन्नलाई कपडा र विद्यालयलाई सहयोग

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रनबहादुर लिम्बूले आफ्नो जन्मदिनको अवसर पारेर वडाका विपन्न तथा जेष्ठ नागरीकलाई न्यानो कपडा तथा विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

जन्मदिनको अवसरमा वडाध्यक्ष लिम्बूले आफ्नो सरकारी सुविधा वापतको रकमले वडामा रहेका ८ जना विपन्न जेष्ठ नागरीकलाई म्याट र ब्ल्याङ्केट वितरण गरेका हुन् । त्यस्तै उनले आफ्नो सरकारी सुविधावापतको रकमले नै वडा नं. २ मा रहेको शिवज्योती प्राथमिक विद्यालयलाई नगद रु १ लाख १२ हजार रुपैँया सहयोग प्रदान गरेका हुन् ।

५० औँ जन्मोत्सवको आवसरमा उहाँले गाउँपालिकाको सभाहलमा एक औपचारीक कार्यक्रमको आयोजना गरी सो सहयोग प्रदान गर्नुभएको हो । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरु, राजनितिक दलका प्रतिनिधीहरु, समाजसेवीहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमा शुभकामना दिदैँ गाउँपालिका अध्यक्ष राईले यो कार्य निकै प्रशसंनीय रहेको बताए । आउदो दिनहरुमा पनि यो कार्यलाई निरन्तरता दिई रहन शुभकामना दिदैँ वडाध्यक्ष लिम्बूलाई जन्मदिनको शुभकामना दिए । वडाध्यक्ष लिम्बूले सरकारी सुविधा वापतको सवारी साधन पनि लिनुभएका छैनन् । उनले सवारी सुविधा वापत प्राप्त गर्ने रकम सडक ग्राभेल गर्न र विद्यालयको भवन निर्माण गर्नमा प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार