मुक्तिनाथ विकास बैंकको शाखा इलाममा पनि

  नयाँ बुलन्द
0 Shares

इलाम : मुक्तिनाथ विकास बैंकले शनिबार इलाम सदरमुकामको इलाम बजारमा १३२ औ शाखा स्थापना गरको छ । बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेशको अवसरमा उक्त शाखाको उुद्घाटन गरेको हो । शाखाको उद्घाटन जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालले गरेका थिए ।

उनले यस बैंकले स्थानीय उत्पादनलाई (कृषि) बिशेष प्राथमिकता दिने भएकाले खुशी व्यक्त गरेका छन ।

यस्तै कार्यक्रममा बोल्दै उद्योग बाडिज्य संघ इलामका अध्यक्ष ईश्वर चिपालुले ग्राहकलाई छिटो र सरल रूपमा कर्जा मुक्तिनाथले उपलब्ध गराउने छ भन्नेमा आफु ढुक्क भएको बताएका छ्न ।

कार्यक्रममा इलाम शाखाका प्रमुख सुबास भट्टराई , बैंकका अन्य कर्मचारी बुद्धिजिबि, व्यापारी , समाजसेवी ,पत्रकार एबम अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक नेपाली समाजको आवश्यकता अनुसारका कृषि क्षेत्रको विकास र विस्तार, उद्योग व्यवसाय प्रबद्र्धनको लागि नेपालकै सर्बोउकृस्ठ बैंकको रुपमा समेत रहेको छ ।

बैंकले “जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउदो बैंकिङ्ग तथा लघुवित्त सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।

एकै दिन १८ शाखाको डिजिटल उद्घाटन

आफ्नो वार्षिकोत्सवको अवसरमा एकैपटक १८ वटा शाखाको डिजिटल उद्घाटन गरेको छ । काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, इलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारिक रुपमा शाखा समुद्घाटन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार