नेकपा सरकार भ्रष्टाचारमा चुर्लुम्म : डा. भट्टराई

  राम योङहाङ
0 Shares

काठमाडौं : समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार राज्यको दोहन गर्न तल्लीन रहेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघ र आठवटा घटक संगठनहरुको समायोजन घोषणासभालाई सम्बोधन गर्दै भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।

नेकपाले सत्ताको दुरुपयोग गर्दै जसरी पनि चुनाव जित्ने दाउमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । ‘पैसा खर्च गरेर जसरी पनि चुनाव जित्ने अनि फेरीपनि सत्ताको दुरुपयोग गर्ने ध्येयका साथ भ्रष्टचारीहरुको मिलेमतोमा लागिरहनुभएको छ’ अध्यक्ष भट्टराईले भने, ‘यसका लागि बौद्धिक वर्ग सचेत भएर जनस्तरमा यसको भण्डाफोर गर्न जरुरी छ ।’

भट्टराईले समाजवादी पार्टीको बौद्धिक संगठनहरुले आत्मसिमक्षा गरेर गुणात्मक रुपमा विश्वमा अरुभन्दा फरक रुपमा आफूलाई स्थापित गरेर देखाउन सुझाव दिए ।

उनले समाजवादी पार्टीमा रहेका सबैखाले नेताको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गरेर परिवर्तन गर्नका लागि अभियानमा लागेको बताउँदै भट्टराईले यो अभियानलाई विशेष रुपमा अगाडि बढाउन बौद्धिक पेशकर्मीहरुलाई अपिल समेत गरे ।

कार्यक्रममा नेपाल बौद्धिक पेशाकर्मी महासंघ र घटक संगठनहरु संघीय कानुन व्यवसायी एसोसिएसन, प्रेस नेपाल, संघीय प्राध्यापक संघ, नेपाल इन्जिनियर समाज, नेपाल चिकित्कस फेडेरेशन, राष्ट्रिय शिक्षक युनियन, नेजामति ट्रेड युनियन नेपाल र समृद्धि संजाल नेपालको समायोजन घोषणा गरिएको थियो ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, नवराज सुवेदी, हिसिला यमीलगायत पदाधिकारी तथा तथा केन्दरीय सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार