इलाममा रंगशाला निर्माण हुने

  नयाँ बुलन्द  584 पटक हेरिएको


इलाम : इलाममा खेलकुद प्रतियोगिता संचालनका लागि व्यवस्थित खेल मैदानको अभाव रहेकाले रंगशाला सहितको खेल मैदान निर्माण गर्न इलाम नगर पालिकाले डि पी आर तयार पारेको छ ।

फूटबल क्रिकेट लगायतका खेलकुद प्रतियोगिता संचालन गर्न व्यवस्थित खेल मैदान नभएको अवस्था मध्यनजर गरि इलाममा रंगशाला सहितको खेल मैदानको योजना अगाडि सारिएको छ । इलाम नगर पालिकाले नगरको १० नम्बर वडामा रहेको माइखोला टप्पुमा माइभगवति रंगशाला निर्माणका लागि डि पी आर तयार गरेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा फूटबल क्रिकेट, पौडी, एथलेटीक्स र लङ्ग टेनिस जस्ता प्रतियोगिता संचालन गर्न मिल्ने व्यवस्थित रंगशाला बनाइने भएको हो ।

माइ भगवति रंगशाला निर्माणका लागि गत वर्ष प्रदेश सरकारले जिल्ला जनस्वास्थ कार्यालय मार्फत ५० लाख रुपैया उपलव्ध गराएको छ । उक्त बजेटबाट खेल मैदान विस्तार गरिएको छ । खेल मैदानका लागि प्रदेश सरकारले एक करोड १५ लाख उपलव्ध गराएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकार मार्फत थप ६५ लाख बजेट आएको इलाम नगर पालिकाले जनाएको छ । जिल्ला स्तरिय रंगशाला निर्माणका लागि ४९ करोड लागत इस्टिमेट सहितको डि पी आर तयार भएको छ । नगरले ठेक्का बन्दोबस्तिबाट निर्माणका काम अगाडि बढाइने जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार