प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : मुख्यमन्त्री राई

  नयाँ बुलन्द
0 Shares

बिराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश १ मा ५ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको बताएका छन् ।

मुख्यमन्त्री शेरधन राईले अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्दै यस्तो कुरा बताएका हुन ।मुख्यमन्त्री राईले प्रदेश १ राजधानीमा आज नयाँ वर्ष संगै नेपाल भ्रमण वर्ष २०२० को प्रदेश १ को राजधानी बिराटनगर रंगशालाला उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्रीले दस वर्ष गुरुयोजना तयार समेत गरेर प्रदेश १ को बिकास गर्ने योजना रहेको बताए।यस्ले प्रदेश १ संसारकै सुन्दर पर्यटकिय प्रदेश हुने दाबी गरे।नेपाल सरकारले एकसयवटा गन्तव्य पहिचान गरेको भन्दै जस्मा प्रदेश १ मा १६ वटा गन्तव्य रहेको बताए ।

प्रदेश १ मा रहेका १४ जिल्लाबाट थप गन्तव्यको पहिचान समेत गरिने बताए। पर्यटक भित्र्याउनको लागि नाम्छे चौरी खर्क दुधकुण्ड केबुलकार, धरान भेडेटार केबुलकार निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको बताए । त्यसैगरी केचनादेखी सगरमाथा फास्ट ट्र्याक, आगामी मे महिनामा सगरमाथा दिवसको अवसरमा पर्वतारोहण गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहिको सम्मेलन गर्ने योजना रहेको समेत बताए।जस्ले प्रदेश १ मा थप पर्यटक भित्रीनेमा आशाबादी रहेको बताए ।

आगामी फेब्रुअरी महिनाबाट बिराटनगर नगरबाट अन्तर्प्रदेश उडान सन्चालन गरिने बताउदै जस्ले गर्दा थप पर्यटक भित्रीनेमा आशाबादी रहेको बताए । भ्रमण वर्षकै अवसर पारेर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना तथा सांगीतिक कार्यक्रमको समेत आयोजना गर्ने तयारी भएकोले यसबाट समेत प्रदेशमा बाह्य पर्यटक भितृने बताए । प्रदेश भित्र बहुजातीय संग्राहलयको स्थापना गरिने र त्यहाँ भाषा ग्रन्थ ऐतिहासिक सामग्री राखिने बताए।जस्ले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अध्ययन गर्ने ब्यक्तिहरु आउने बताए ।

प्रदेश भौगोलिक जातिय बिबिधतायुक्त प्रदेश रहेको बताए । प्रदेश १ नेपालकै होचो केचनाकवध,संसारकै होचो अरुन उपत्यका र संसारकै अग्लो हिमाल सगरमाथा रहेको बताए । प्रदेशमा १ मा पर्यटन प्रवर्द्धन गर्नको लागि निजि क्षेत्र तथा संघीय सरकार र स्थानी सरकारसंग सहकार्य तथा हातेमालो गर्दै अगाडि बढिने बताए ।

उद्घाटन कार्यक्रममा प्रदेश १ मा रहेका विभिन्न समुदायहरुको झाकी र्‍याली समेत प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार