दोस्रो फिदिम नगरकप : रेडस्टार क्लव झापा बन्यो लगातार च्यान्पियन

  उपेन्द्र येक्तेन
0 Shares

पाँचथर : जिल्लाको फिदिम नगरपालिका–७ स्थित रानिटारमा सम्पन्न दोस्रो सँस्करणको फिदिम नगर कप फुटवल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्यान्पियन रेडस्टार क्लव झापाले जितेको छ ।

स्थानिय बराजु खेलमैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक स्वतन्त्र क्लवविरुद्ध ३–१ गोल गोलअन्तरको शानदार जित निकाल्दै झापाले लगातार दोस्रो पटक उपाधि चुमेको हो । झापाको जितमा पुजन लिम्वूले २ गोल गरे । उनले ५ औँ र १९ मिनेटमा गोल गरेका थिए । अर्काे गोेल भने ३५ औँ मिनेटमा निशान लिम्वूले गरे ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको आयोजकले खेलको समय सकिन ३ मिनेट बाँकि हुँदा एक गोल फर्कायो । प्रतियोगिताको उपाधि चुमेको झापाले ट्रफिसँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेता भएको आयोजकले ट्रफिसँगै नगद ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त ग¥यो ।

प्रतियोगितामा विधागतमा भने आयोजक टिमका खेलाडिहरुको वर्चस्व रह्यो । वेष्ट किपरमा रेडस्टार झापाका राजकुमार लिम्वू र प्रतियोगिताको उत्कृष्ट खेलाडि झापाका निशान लिम्वू घोषित भए । प्रतियोगिताको वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड र सर्वाधिक गोलकर्तामा आयोजक स्वतन्त्रका क्रमश ः अर्जुन गुरुङ, हेमन्त दर्नाल, दिनेश लिम्वू र मिलन लिम्वू घोषित भए । उनीहरुले जनहि २÷२ हजार प्राप्त गरे ।

प्रतियोगिताको समापन समारोह फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङको प्रमुख आतिथ्यतामा तथा आयोजक स्वतन्त्र क्लवका अध्यक्ष वलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको आयोजक सँस्थाका सचिव रमेश गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार