प्रथम चुलाचुली अध्यक्षकप लिगको उपाधी वडा नम्बर २ लाई

  नयाँ बुलन्द  161 पटक हेरिएको

चुलाचुली : इलामको चुलाचुलीमा सम्पन्न चुलाचुली अध्यक्षकप लिग फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर २ ले हात पार्न सफल भएको छ ।

चुलाचुली २ स्थित पञ्चकन्या प्राविको खेल मैदानमा भएको फाईनल खेलमा वडा नम्बर ३ लाई ० विरुद्ध १ गोल गर्दै वडा नम्बर २ ले जित शुनिश्चित गरेको हो ।

खेलको विजेता टोली वडा नम्बर २ लाई लिग समापन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा (रमण) ले नगद ५० हजार रुपैयाँ सहित मेडल तथा प्रमाण पत्र प्रदान गरे । त्यस्तै दोस्रो हुने टोली वडा नम्बर ३ लाई लिग समापन समारोहका विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले नगद रु ३० हजार रुपौँया सहित मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

खेलमा उत्कृष्ट खेलाडी, पहिलो गोलकर्ता, उत्कृष्ट किप्पर लगायतलाई समेत जनही एक/एक हजार रुयौँया प्रदान गर्दे कार्यक्रमका अतिथी गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले पुरस्कृत गरेको कार्यक्रमका संयोजक रामप्रसाद राईले जानकारी दिए ।

चुलाचुली खेलकुद समितीको आयोजनामा गत पौष ३ बाट सुरु भएको सो कार्यक्रमको समापनको दिन आज चुलाचुलीका उत्कृष्ट पुर्व खेलाडीहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुने खेलाडीहरुमा वडा नम्बर ६ बाट नवलकेमी राई, मोती बहादुर राई, वडानम्बर ५ बाट धनबहादुर राई, अम्वर राई, वडा नम्बर ४ बाट धनबहादुर लिवाङ, वडा नम्बर ३ बाट हर्क बहादुर राई, अम्वर मावो, ईन्द्र बहादुर आङ्थुपो, वडा नम्बर २ बाट रत्न बहादुर तामाङ, राजु चेम्जोङ र वडा नम्बर १ बाट लाकेन्द्र तुम्वापोलाई प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

ग्रामीण भेगको खेलकुद क्षेत्रमा विकाश गर्ने उदेश्यसहित सम्पन्न भएको सो फुटबल प्रतियोगितामा चुलाचुलीका ६ वटा वडाका फुटबल टोलीको सहभागिता रहेको थियो ।

यता महिला तर्फको खेलमा चुलाचुली वडा नम्बर ४ ले जित हात पार्दे नगद २० हजार रुपौँया सहित प्रमाण पत्र तथा मेडल प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार