इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा आन्दोलन चर्कदै

 पुस्तकालयको काम प्रभाबित

  नयाँ बुलन्द
0 Shares

इलाम : हिजो आज इलाम सदरमुकाममा रहेको मरब क्याम्पसको नाम चर्चामा रहेको छ । सञ्चार माध्यममा पनि बिशेष प्राथमिकताका आधारमा क्याम्पसका बारेमा विभिन्नखाले समाचार दैनिक जसो छाउने गरेका छन् । क्याम्पसको जग्गा, जागिर र सेवा सुविधालाई लिएर दशैं अगाडि निकै ठूलो खैलाबैला भयो । त्यसको लगत्तै क्याम्पसका जिम्मेवार व्यक्तिकै नेतृत्वमा क्याम्पस प्रमुखलाई धम्क्याएको कुराले थप बजारमा सन्सनी बनायो । अनी केहीदिन अगाडि मात्रै क्याम्पस प्रमुख ४० दिन यता काठमाडौं गएकाले क्याम्पसको अवस्था अस्तब्यस्त बनाएको भन्दै क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने कुराले सामाजिक सन्जलमा मसलानै बन्यो हाल आएर क्याम्पसको पुस्तकालय कर्मचारी बाटै बन्द गरियो भन्ने खबरले ठूलो खैलाबैला भएको छ ।

 पुस्तकालयको काम प्रभाबित

क्याम्पसमा आन्दोलनरत अनेरास्ववियु र अखिल क्रान्तिकारी क्याम्पस कमिटीका विद्यार्थीहरुले गएको मंसिर २ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । अझ आफ्नो आन्दोलनलाई थप शसक्त बनाउन विद्यार्थी संगठनले आफ्नो मागको वेवास्ता गरेको भन्दै हिजोबाट क्याम्पसको लेखा शाखा, शैक्षिक प्रशासन र सहायक प्रमुखहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । शैक्षिक प्रशासन बन्द भएपछी क्याम्पसमा सन्चालन हुँदै आएको पुस्तकालयको काम प्रभाबित बनेको छ । शैक्षिक प्रशासन बाट गर्ने काम ठप्प बनेपछी त्यस्को असर पुस्तकालयमा देखिएको हो पुस्तकालयबाट हुने कामका लागि सर्बप्रथम शैक्षिक प्रशासन बाट सिफारिस , पुस्तकालयमा प्रयोग हुने छाप  लगाएत सम्पूर्ण काम प्रशासन बाट हुने भएकाले पुस्तकालयको काम हुन नसकेको पुस्तकालयका एक कर्मचारीले बताएका छन । उनले क्याम्पसको प्रशासन नै बन्द भएपछी पुस्तकालय पनि क्याम्पसको प्रशासन भित्रै पर्ने भएकाले बन्द भएको बताएका छन ।

सूचना नटाँस्दै च्यातीयाे

त्रिविको क्यालेण्डर विपरित सूचना जारी गरेर विदा गर्ने काम गरिएको भन्दै क्याम्पसमा आन्दोलनरत  विद्यार्थीहरुले सूचना नटाँस्दै च्यातेर जलाईदिएका छन् । आन्दोलनमा रहेका विद्यार्थी संगठनहरुले त्रिविको क्यालेण्डरमा उल्लेख भएबमोजिम विदा गर्नुपर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस् ।

मरब क्याम्पसको थरीथरीका चर्चा

एकसठ्ठीऔं खुड्किलामा अलपत्र मरब क्याम्पसको यात्रा

मरब क्याम्पस इलाम : कुन कित्ता रोज्‍ने ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार