दोस्रो फिदिम नगरकप : उपाधि भिडन्तमा आयोजक र झापा

  उपेन्द्र येक्तेन  195 पटक हेरिएको


पाँचथर : पाँचथरको फिदिम नगरपालिका–७ स्थित रानिटारमा जारि दोस्रो सँस्करणको फिदिम नगर कप फुटवल प्रतियोगितामा डिफेन्डिङ च्यान्पियन रेडस्टार क्लव झापा उपाधि नजिक पुगेको छ ।

स्थानिय बराजु खेलमैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रेडहर्ष क्लव इलामविरुद्ध ट्राइबेकरमा ५–४ गोलअन्तरको जित निकाल्दै झापा फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै झापाले उपाधि भिडन्त आयोजक स्वतन्त्र क्लवसँग पक्का गरेको छ । फाइनल खेल मंगलबार हुनेछ । आयोजकले आइतबार फिदिम स्पोर्टिङ क्लवविरुद्ध शानदार जित निकाल्दै फाइनल प्रवेश गरिसकेको छ ।

सोमबार भएको खेलमा निर्धारित समयमा दुवै टिमले २/२ गोलको बराबरी खेलेपछि ट्राईबेकरबाट खेलको नतिजा निकालिएको हो । झापाको तर्फबाट खेलको ९ औँ मिनेटमा निशान लिम्वू र ३४ औँ मिनेटमा प्रकाश भुजेलले गोल गरेका थिए । यस्तै इलामको तर्फबाट २५ औँ मिनेटमा पिकेश लोक्तान र ५९ औँ मिनेटमा किस्मत लिम्वूले गोल गरेका थिए। त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकरमा धकेलिएको हो ।

खेललाई पर्यटनसँग जोड्ने हाम्रो अभियान भन्ने नाराकासाथ सञ्चालन भईरहेको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा दोस्रो हुने टिमले ट्रफिसँगै नगद ५५ हजार ५ सय ५५ रुपैँया पाउनेछ । यस्तै विधागत तर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र मिडफिल्डले जनहि २/२ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्यानलाई नगद १५ सय रुपैँया प्राप्त गर्ने आयोजक सँस्थाका सचिव रमेश गुरुङले जानकारि दिए ।

प्रतियोगिताको प्रवर्धकमा फिदिम नगरपालिका र पाँचथर उद्योग वाणिज्य संघ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार