कवाडी पसलबाट आगलागी सुरु आगो नियन्त्रण बाहिर

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : ललितपुरको सानेपामा आगलागी भएको छ। शनिबार साँझ आठ बजेपछि एक कवाडी पसलबाट आगो उठेको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष लामाका अनुसार अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगो नियन्त्रणका लागि ललितपुर, काठमाडौं र भक्तपुरबाट दमकल ल्याइएको छ।

डीएसपी लामाकाअनुसार कम क्षतिहोस् भनेर आसपासका क्षेत्रको विद्युत लाइन काटिएको छ। आगलागी सुरु भएपछि स्थानीय त्रसित छन्। आगलागीको कारण खुल्न सकेको छैन।

थप विवरण आउन बाँकी छ।annapurnapost

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार