मरब क्याम्पसको थरीथरीका चर्चा

क्याम्पस प्रमुखकाे राजिनामा माग, निमत्त प्रमुखले दिए निमित्त, प्रजातान्त्रिक प्राध्यापक संघ, क्याम्पस इकाईले निकाल्यो विज्ञप्ति 

  नयाँ बुलन्द
0 Shares

इलाम : हिजोआज इलाम सदरमुकाममा रहेको मरब क्याम्पसको बारेमा यो वा त्यो कोणबाट थरिथरिका चर्चा भइरहेका छन् । सञ्चार माध्यममा क्याम्पसका बारेमा विभिन्नखाले समाचार दैनिक जसो छाउने गरेका छन् । क्याम्पसको जग्गा, जागिर र सेवा सुविधालाई लिएर दशैं अगाडि निकै ठूलो खैलाबैला भयो । त्यसको लगत्तै क्याम्पसका जिम्मेवार व्यक्तिकै नेतृत्वमा क्याम्पस प्रमुखलाई धम्क्याएको कुराले थप बजार ततायो । हाल आएर क्याम्पस प्रमुख ४० दिन यता क्याम्पसकै कामकाज लिएर काठमाडौं गएकाले क्याम्पसको अवस्था अस्तब्यस्त बनाएको भन्दै क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने कुराले सामाजिक सन्जल देखी चिया पसल सम्म चर्चाको बिषय बनेको छ ।

के-के भए हिजाे दिनभर ?

Ilampressnews

क्याम्पस प्रमुख गुरागाईंकाे राजिनामा माग 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद गुरागाईंको राजिनामा माग गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले  एक विज्ञप्ति जारी गरेर क्याम्पस प्रमुखको राजिनामा माग गरेको छ ।

निमत्त प्रमुखले दिए निमित्त 

m clz

क्याम्पस प्रमुख रामप्रसाद गुरागाईं काठमाण्डौं गएका समयमा निमित्त प्रुमख रहेका  पूर्णप्रसाद ढुंगानाले अर्का सहायक क्याम्पस प्रमुख पुष्पकुमार ढुंगानालाई निमिक्त प्रमुखको जिम्मेवारी दिएका छन् । यद्यपी निमिक्त दिइएको पत्रमा आमा बिरामी भएर घर जानुपर्ने भन्ने खुलाएका छन् ।

प्रजातान्त्रिक प्राध्यापक संघ, क्याम्पस इकाईले निकाल्यो विज्ञप्ति 

प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकट प्रगतिशील प्र्राध्यापक संघ नेपाल मरब क्याम्पस इकाई समितिले आजै एक प्रेस विज्ञप्ति जारी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– “सहायक क्याम्पस प्रमुख श्री पूर्णप्रसाद ढुुंगानालाई बिना जानकारी निमित्त प्रमुखको जिम्मेवारी दिई क्याम्पस प्रमुख श्री रामप्रसाद गुरागाई ४० दिनभन्दा बढी समय काठमाण्डौं बस्नु, प्रमुखको कार्यकक्षमा लागेको तालाबन्दी उपर कुनै कारबाही नहुनु, क्याम्पसका प्राध्यापक कर्मचारीको इज्जत र प्रतिष्ठाको सस्तो बजारीकरण हुदै जानु र गैह्र बौद्धिक गतिविधिहरुका कारणले क्याम्पसको शैक्षिक र प्राज्ञिक उन्नयनमा गिरावट हुँदै गएको प्रतित हुन्छ ।

थप जानकारी लिन यो पनि पढ्नुहोस्

एकसठ्ठीऔं खुड्किलामा अलपत्र मरब क्याम्पसको यात्रा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार