
चुलाचुली : चुलाचुली अध्यक्ष कपकाे सातौं दिन नकआउट महिला फुटबल खेल सुरु भएको छ ।
महिला तर्फबाट पहिलो खेलमा चुलाचुली २ ले चुलाचुली १ लाई ट्राइबेकरमा ३-२ गाेलकाे अन्तरले हराउँदै विजयी भएको छ । खेलकाे पूरा समय ६० औं मिनेटकाे अवधिभरि दुवै खेलकाे राेचक प्रतिस्पर्धामा बराबर भएपछि, ट्राइबेकरबाट विजेता निर्धारण गरिएको थियो ।
चुलाचुली २ बाट नुमा लावती, अन्जना खेवा र सन्जु खेवाले गाेल गरेकि थिइन् भने चुलाचुली १ बाट पवि राई र आशा फागाेले मात्र गोल गरिन ।
उद्घाटनको अवसरमा चुलाचुली गाउँपालिका शिक्षक कर्मचारी र चुलाचुली गाउँपालिका जनप्रतिनिधि कर्मचारी बीचकाे मैत्रीपुर्ण खेलमा शिक्षक तथा कर्मचारी टिमले ३-१ विजयी बन्यो ।
विजयी टिमलाई चुलाचुली गाउँपालिकाकाे अध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथि प्रदिपचन्द्र राई, उपाध्यक्ष निर्मला दाहालद्वारा प्रमाणपत्र प्रदान गरेका थिए ।
विवस बलिभद्र काेइरालाले संचालन गरेको कार्यक्रम चुलाचुली खेलकुद समिति अध्यक्ष रामप्रसाद राईकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।
बिहिवार हुने खेलमा महिला तर्फबाट चुलाचुली ४ र चुलाचुली ३ बीच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै पुरुष तर्फको पहिलो सेमिफाइनलमा चुलाचुली २ र चुलाचुली १ बीच प्रतिस्पर्धा हुने अायाेजकले जानकारी दिएको छ ।















































