गायक रामकृष्ण ढकाल र नीलम शाहबीच सम्बन्ध विच्छेद

  नयाँ बुलन्द
0 Shares

काठमाण्डौ : गायक रामकृष्ण ढकाल र नीलम शाह ढकालबीचको १७ वर्षको सम्बन्ध टुंगिएको छ ।

उनीहरुले बुधबार जिल्ला अदालत काठमाण्डौमा गएर आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् ।

मंगलबार नीलमले अदालतमा रामकृष्णसँग सम्बन्ध विच्छेद गरी पाऊँ भन्दै निवेदन दिएकी थिइन् । रामकृष्णसँग अंश नलिने र छोरी आफैसँग राख्ने गरी सम्बन्ध विच्छेद भएको अदालतले जनाएको छ । जिल्ला अदालतका काठमाण्डौका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले रामकृष्ण र नीलमबीच सम्बन्ध विच्छेद भएको फैसला सुनाएको हो ।

न्यायाधीश विदुर कोइरालाको इजलासमा दुवै आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन । दुवैले ‘सम्बन्ध विच्छेद गर्न मञ्जुर छौँ’ सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

रामकृष्ण ढकालका केही गीतमा नीलमले मोडलिङ समेत गरेकी छन् । केही समयअघि सहकारीबाट ऋण लिएर गाडी किनेपछि रामकृष्ण ढकाल चर्चासँगै विवादमा आएका थिए ।

रामकृष्ण र नीलमबीच विक्रम संवत् २०५९ सालमा प्रेम विवाह गरेका थिए । उनीहरुको एक छोरी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार