राष्ट्रिय दलित पत्रकार संघ इलामको अध्यक्षमा बराइली

  नयाँ बुलन्द
0 Shares


इलाम : राष्ट्रिय दलित पत्रकार संघ नेपाल इलामको अध्यक्षमा बलराम बराइली चयन भएका छन् ।

मंगलबार इलाममा भएको दलित पत्रकारहरुको भेलाले बराइलीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिती गठन गरेको हो ।

समितिको उपाध्यक्षमा योगेन्द्र शंकर, सचिवमा विक्रम सुन्दाश, सहसचिवमा सुरेश पोर्तेल र कोषाध्यक्षमा तारा खाती चयन भएका छन् ।

सदस्यहरुमा सुमन दियाली, सरोज विश्वाकर्मा, सुमन लुहागुन, सुवास लकान्द्री चयन भएका छन् ।

त्यस्तै देवेन्द्र विश्वकर्माको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।

सदस्यहरुमा कोकिला ढकाल, नवराज शंकर र प्रकाश परियार चयन भएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ प्रदेश १ सदस्य मनकुमार बराइलीको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष गोपाल बराइलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगु, मानव अधिकार मञ्चका सचिव देवेन्द्र विश्वकर्मा, प्रेस संगठनका संयोजक सुजन तिम्सिनालगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार