गुरुङ समुदायले धुमधामका साथ तमू ल्होसार मनाउने

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : गुरुङ समुदायले धुमधामका साथ तमू ल्होसार मनाउने तयारी गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ल्होसार तयारी पूरा भएको जानकारी गराइएको हो ।

तमू ल्होसार मूल आयोजक समितिका संयोजक श्रीप्रसाद गुरुङले यस वर्षको ल्होसार काठमाडौंको टुँडिखेलमा पुस १३ देखि १५ गतेसम्म भव्य रुपमा मनाउन लागेको जानकारी दिए । ‘राष्ट्रिय पर्व तमू ल्होसार च्यु ल्हो(मूसा वर्ग) २०७६ को आह्वान‚ अस्तिव्त र मौलिक पहिचानका लागि तमूवानको अभियान’ भन्ने मुल नाराको साथ यस वर्षको ल्होसार मनाउने संयोजक गुरुङले बताए।

टुँडिखेलमा हुने ल्होसार कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले द्घाटन गर्ने संयोजक गुरुङले जानकारी दिए । गुरुङ समुदायले हरेक वर्ष पुस १५ गते नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

‘विगतका वर्षझैं यसपटक पनि काठमाडौंको टुँडिखेलमा हजारौंहजार तमुलगायत अन्य जातिको पनि उपस्थितिमा धुमधामका साथ ल्होसार मनाउने तयारी गरेका छौं‚’ संयोजक गुरुङले भने, ‘पुस १३ गतेदेखि तीन दिने विशेष समारोहसहित लोकदोहोरी, नृत्य र खेलकुद प्रतियोगिता हुनेछ ।’ साथै, ल्होसारमा झाँकी र्‍याली प्रदर्शन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार