
चुलाचुली : इलामको चुलाचुली गाउँपालिकामा जारी अध्यक्षकप लिग फुटबल प्रतियोगितामा वडा नम्बर ३ विजयी बनेको छ ।
समूह ‘ख’ अन्तरगत आइतबार भएको खेलमा वडा नम्बर ५ लाई २-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ विजयी बनेको छ । जितसँगै वडा नम्बर ३ ले ३ अंक जोड्न सफल भएको छ ।
पहिलो हाफको खेलको २५ औं मिनेटमा नै वडा नम्बर ३ का शुसिल केरूङले १ पहिलो गोल गरी अग्रता दिलाए । दोस्रो हाफमा समेत उत्कृष्ठ प्रदर्शन गर्दै ५७ औं मिनेटमा पुन केरुङले नै गोल गरी टिमलाई २-० को जित दिलाएका थिए ।
जितसँगै वडा नम्बर ३ समूह ‘ख’ को तर्फबाट विजेता बन्दै ३ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार समूह ‘क’ अन्तरगत वडा नम्बर ४ र वडा नम्बर ६ बीच प्रतिस्पर्धा हुनेछ ।
चुलाचुली गाउँपालिकाको प्रायोजन तथा चुलाचुली खेलकुद समितिको आयोजनामा सुरु भएको प्रतियोगिताका प्रथमले पुरुषतर्फबाट ५० हजार र दोस्रोले ३० हजार साथै ट्रफ्री, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता चुलाचुली २ स्थित पंञ्चकन्या आधारभूत विद्यालयको खेलमैदान भइरहेको छ ।






















































