
इटहरी : इटहरी उपमहानगरको ताकेता पछि सडक डिभिजन कार्यालय विराटनगरले टयाङ्गग्रा पूल मर्मतका लागि पुस २० सम्ममा ठेक्का लगाएर निर्माणको काम सुरु हुने जनाएको छ ।
उपमहानगरलाई एक पत्र लेखि सो जानकारी गराएको हो । इटहरी वजार हुदै वग्ने टयाङ्गग्राखोलाको पूल जिर्ण वन्दा पनि मर्मत नभएपछि उपमहानगरले चाडै मर्मत गर्न सडक डिभिजन कार्यालयलाई ताकेता गरेका ेथियो । उपमेयर लक्ष्मी गौतमले एक पत्र लेखि चाडै मर्मत गर्न आग्रह गरेकी थिइन् ।
सडक डिभिजन कार्यालय विराटनगरले सो पूल रहेको ठाँउमा नयाँ पूल वनाउनका लागि सडक विभागमा दुई पटक पत्राचार गरिसकेको समेत जनाएको छ । इटहरीमा ट्राफिक चाप धेरै भएको र पूल समेत साँघुरो भएका कारण नयाँ पूल निर्माणका लागि सडक विभागमा पत्राचार गरिएको जनाइएको छ ।
दैनिक सयौं यातायातका साधन वारपार हुने पूर्वपश्चिम राजमार्गमा रहेको टयाङ्गग्रापूल जीर्ण अवस्थामा छ ।






















































