
इलाम : इलाम नगरपालिका वडा नं. १२ साबिक साङरुम्बा गाविसको एक परिवारले उक्त वडामा रहेका जेष्ठ नागरिकहरुलाई जिल्लाका विभिन्न स्थानमा तिर्थाटन गराएका छन् ।
साङरुम्बाका योग्यकुमार र शोभा खत्रीका परिवारले वडामा रहेका ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई रोङ गाउँपालिकास्थित सानो पाथिभरा मन्दिर र इलाम नगरपालिका वडा नं. १० स्थित माई भगवती बृद्धाश्रमको भ्रमण गराएका हुन ।
खत्री परिवारले हरेक हप्ता २० देखि २७ जना जेष्ठ नागरिकहरुलाई भ्रमण ल्रजाने गरेका छन् । यस क्रममा तेस्रो हप्तामा ६७ जना जेष्ठ नागरिक लाभान्वित भएका छन् । उनका अनुसार अझै ६०–७० जना जेष्ठ नागरिकहरुलाई भ्रमणमा लैजान बाँकी रहेका छन् ।
खत्रीका अनुसार सो वडामा रहेका नेष्ठ नागरिक, अपांङ, एकल र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई समेत तिर्थाटनको लागि लैजाने सोच बनाएको बताएका छन् ।






















































