व्यवसाय गर्ने की आयआर्जनमा नै सीमित रहने ?

  गोपाल पौड्याल  104 पटक हेरिएको

गोपाल पौड्याल

नेपाल एक कृषि प्रधान देश हो र यहाँ कुल जसंख्याको धेरै प्रतिशत मानिसहंरु कृषि पेशामा आवद्ध भएको कुरा हामी सबैमा सर्वबिदिदै छ । हाम्रो देशमा बिभिन्न जातजाति र भाषाहरुको भीन्नतामा सज्जित देशको भौगोलिक वनावट अनुसार बिभिन्न प्रकारका कृषिजन्य बस्तुहरु उत्पादनगरि उत्त बस्तुहरुलाई बडी मात्रमा प्रशोधन नगरी बिक्रि वितरण गर्ने प्रचलन छ । माटोमा भएको उर्वराशक्तिको हस,बालीनालीमा बिषादी,रसायनीकमल र पौराणिकरुपकै खेती गर्ने पद्धति आदिकारणहरुले गर्दा कृषि पेशा दिनानु दिन हस हुँदै आय आर्जनको माध्यम मात्र बनिरहेको छ यता राज्यले भने आफ्नो देश कृषि प्रधानहो भनेर गौरव गर्छ तर कृषि क्षेत्र र लघु उद्यममाभने नत कुनै प्रकारको नयाँ निति नै तयार गर्छ नत नयाँ शिप बिकास,प्रविद्धि हस्तानतरण गरी उत्पादित बस्तुहरुको मुल्य बृद्धि गर्नमा नै सहयोग गर्छ बरु विषय गत विज्ञता हासिल नभएकाहरुलाई राज्यको मुलद्धार समाल्ने जिम्मेवारी प्रदान गराई जनताहरुलाई तान्डव देखाइ रहेका छन् । १२ घण्टाको दिनमा १३ देखि १४ घण्टा सम्म शारिरिक श्रम गर्ने कृषकहरुको पीरमार्का अव कस्ले बुभ्नेहो यो देशमा,सरकारले देश कृषि प्रधानहो भनेर भाषण मात्र छाट्दै हिन्ने हो की कृषि पेशामा अवद्ध कृषकहरुलाई,नयाँ नयाँ शीप,ज्ञान तथा अवधारणहरुको बिकास तथा परिक्क्षित उन्नत जातका वीउ मल आदिमा छुट, सहुलीयत दर र लघु उद्यमहरुको बिकास गराई गाउँघरमै उत्पादन गरिएका कच्चा पदर्थहरुलाई स्थानिय तहमा नै प्रशोधन गराई मुल्य बृद्धि गराएर बजारको समेत सुनिश्चित गराई कृषि पेशालाई बडवादिने हो ?यदि स्थानिय स्तरमानै नयाँप्रविधि(कृषि औजार,मशिन आदि) कृषकहरुलाई उपलब्ध गराइने हो भने मात्र कृषि र लघु उद्यमका क्षेत्रहरु फस्टाउने तथा बडिरहेको बेरोजगारी समस्या र बिदेश पलायन हुने अवस्थामा न्यूनिकरण आउने छ भन्ने अनुमान गर्न सकिन्छ यदि पुनः हालको अवस्था अनुरुप नै लघु उद्यमी र कृषि पेशामा आवद्द कृषकहरुलाई भोटको थैलोमात्र बनाएर राजनीति गर्ने ठाउँको रुपमा मात्र राज्यले उपेक्षा गरेर अगाडी बड्छ भने एक दिन कृषि प्रधान देशमा नै अन्न,पानी,साग,सब्जी बाहिरबाट आयात गर्नु पर्ने अवस्था सँगै कृषि क्रान्तिको भयान्कर शुरुवात हुने अवस्था समेत अनुमान गर्न सकिन्छ देशमा रहेका प्राकृतिक श्रोत, साधनहरुको सहि सदुपयोग गर्दै भौगोलिक अवस्था र उत्पादित बस्तुहरुको प्रकारको आधारमा हरेक गाउँहरुमा भिन्न प्रकारका लघु,सान तथा मझौला उद्यमहरुको श्रृजना तथा विकास गराउनेहो भने समग्रदेशको अर्थतन्त्रमा सुधार, वेरोजगारी समस्याको न्यूनिकरण र सामाजिक अवस्थामा समेत सुधारल्याई समुन्त देशको कल्पना गर्न सकिन्छ ।

पौराणीक सोचहरु र प्रविधिहरुकै आधारमा हालका दिनहरुमा पनि हाम्रो देशमा खेती,वाली लगाउने प्रचलन रहेको छ । एउटा किसानले उसको निश्चित खेतवारीमा एक ठाँउमा कोदो,अर्काे ठाउँमा अदुवा,यस्तै अलिकति आलु,अलिकति वेमौसमी तरकारी,थोरै पशुपालन एवंम् रितले खेती गरीरहेको अवस्थालाई आन्कलन गर्न सकिन्छ । जसले गर्दा एउटा किसान १२ घण्टाको दिनमा सो भन्दा वडी शारिरिक श्रम गर्छ यद्यपी उसले आफ्नो दुखले आय र्अजनरजिविकोपार्जन मात्र गरेको हुन्छ ।

आर्यआर्जन गर्नु पनि आफैमा नराम्रो पक्ष भने अवश्य पनि हैन तर हामीले बिचारनु पर्ने कुरा के छ भने हामीमा भएको सीप, स्रोत, साधन, समय, क्षमता, आदिको प्रयोग गरेर पाइने प्रतिफललाई आम्दानी वा आय आर्जन भनिन्छ । जस्तै, कुनै व्यक्तिले अरुको खेतमा दिनभर काम गरेर रु.४०० कमाउँछ, कुनै व्यक्ति आफ्नो आर्जन बेचेर साप्ताहिक हाटबजारवाट रु.५,०० आम्दानी गर्दछ । आम्दानीका स्रोतहरु विभिन्न प्रकारका हुन्छन् । जस्तै ज्यालादारी गर्नु, ठेक्का पट्टा गर्नु,बालीमा काम गर्नु,जागिर खानु, लाहुरे बन्नु, खेती गर्नु, व्यापार गर्नु, आदि । कामको प्रकृतिलाई हेर्ने हो भने, आम्दानीका स्रोतहरुलाई हामी विभिन्न जस्तै कृषि, पशुपालन, नोकरी, व्यापार आदि किसिममा बाँड्न सक्छौ । यसरी पौराणीक तवरमा मात्र आजको युगमा पनि तपाई हामीले पनि आय आर्जनमा मात्र सिमित रहनु हुन्न, हामीले त्यस क्षेत्रलाई दिएको श्रम,शीप,बीउ,मल आदी सवैको हेक्का नराखी बाजे,वाहरुले पनि यसै गर्नु हुन्थ्यो भन्ने सोचवाट अवहामी मथि उठ्नु पर्छ किनकी बाऊ,बाजेको पालामा हालको जस्तौ भौतिक पूर्वाधारहरु थिएनन्,बजार तथा ग्रहाकहरुको पनि लगभग अन्योलता थियो भने आज हामी अघिल्लो पुस्ता भन्दा अगाडि आई सकेका छौ,अव बस्तु सँग बस्तु साट्नु पर्दैन अव हामीले हाम्रो खेतवारीमा प्रयोग गरिने सम्पूर्ण स्रोत,साधनहरुको बिचार गरी आफ्नो क्षेत्रमा पाइने कच्चा पदार्थहरुको विश्लेषणगरी नयाँ ढंगवाट स्थानिय स्तरमा नै प्रशोधन गर्न सकिने तवरका लघु वा सान उद्योगहरु संचालन गर्ने सोचलाई अगाडी बढाउनु पर्ने हुन्छ । भिन्न गाउँमा भिन्न प्रकारका लघु उद्यमरुरब्यवसायहरु संचालन गर्ने हो भने पक्का पनि हाम्रो जिवन स्तरमा आर्थिक,सामाजिक,बैचारिक हिसावमा केहि परिवर्तनको आभास झल्कने छ । यसको अर्थ अघि जसरी हामीले भिन्न भिन्न कृषि जन्य वस्तुहरुलाई थोरै थोरै समय,लगानी आदी गर्दा जिवीकोपार्जको आभास मात्र भएको थियो भने अव यही श्रम,समय,स्रोत,साधनहरु आदीको प्रयोग काम गर्ने निश्चित समयको निर्धारण एउटा कृषिजन्य बस्तुमा मात्र गर्ने हो भने हामी पक्का पनि ब्यवसायी बन्न सक्छौ । ग्रहाकरबजारको पहिचान गरी ग्राहकलाई सन्तुष्टि प्रदान गरी नाफा आर्जन गर्नका लागि गरिने सम्पूर्ण व्यापारिक तथा औद्योगिक क्रियाकलापनै ब्यवसाय हो भन्न सकिन्छ । व्यवसाय स्थापनाका लागि ३ वटा महत्वपूर्ण चरणहरू जस्लाई हामीले भुल्नुहुँदैन :

अवसरहरूको पहिचान गर्नु :स्थानिय स्तरमा नै उपलब्ध हुने कच्चा पदार्थहरु के कस्ता छन् र तिनिहरुको उपलब्धता कस्तो प्रकार वा परिमाणमा पाइन्छ,स्थानिय स्तरमा के कस्ता शीप हासील गरेर वसेका ब्याक्तिहरु छन् उनिहरुको पहिचान,वाहिरवाट आफ्नो गाउँमा बढी मात्रमा कस्ता प्रकारका बस्तु हरु भित्रने गर्छन्,तपाईले सोचेको ब्यवसाय तथा ब्यवसायीक वातावरण,प्रविधि कतिको सहज छ यस्तै तपाईको गाउँमा कुनै ठूला ठूला आयोजना ताथा विकासका आयमहरुको थालनी भएको छ की अदी जस्ता कुरहरुको पहिचान गरि तिनिहरुलाई आफुले शरुवात गर्ने ब्यवसायको अवसरको रुपमा पनि लीन सक्छौ ।

साधन तथा स्रोत एकीकृत गर्नुः हाम्रो गाउँमा कृषि जन्य,पशु जन्यको क्षेत्रमा के कस्ता प्रकारका वस्तुहरुको उपलब्धता हुन सक्छ,तिनिहरुको प्रशोधन गर्दा कस्ता कुराहरुको आवश्यकक्ता पर्दछ,पौराणीक शीप हासिल गरेर बस्नुहुने ब्याक्तीहरुको प्रयोग उक्त प्रशोधनको कार्यमा प्रयोग गर्न सकिन्छ वा सकिदैन,कस्त प्रकारका पूर्वधारहरुको आवश्यक्ता हुन सक्छ र ग्रहाकहरु कुन उमेर समुह,लीड.आदिका हुन सक्छन् उक्त कुराहरुको पनि अध्यायनगरी ब्यवसाय संचालन पूर्व एकीकृत गर्न सक्यौ भने हामीले शूरुवात गर्ने ब्यवसायलाई मद्दत तथा सहयोग पुग्न सक्दछ ।

व्यवसाय सिर्जना, कार्यान्वयन तथा वयस्थापन गर्नु :

हामीले स्थापना गर्न चाहेको ब्यवसाय कस्तो प्रकारको हो,कुन क्षेत्र वा स्थानमा यो ब्यवसायको स्थापना गर्न गहिरहेका छौ, गाउँघर,छरछिमेक,साथीभाई,आफन्तजन,विषयगत नियमत कार्यलय,विषयगत विज्ञ आदी ब्याक्तित्व वा कार्यलयहरुवाट ब्यवसाय संचालन गर्न कस्तो प्रकारको सुझावहरु संकलन भए,कार्यान्वयन गर्दै जाँदा भावी लक्ष्य,अवसरहरु तथा चुनौतीहरु क्स्तो प्रकारकोहुन सक्छ,तपाई जस्तै प्रतिष्पर्धी त्यस स्थानमा कति छन् तपाईको ब्यवसायको आर्कषन के मा हो,कृत्रिम तथा प्राकृतिक विपदीहरुआई लाग्दा तपाई यो व्यवसायलाई कसरी ब्यवस्थापन गर्नु हुन्छ आदी वारेमा हामी परिपक्क भएर मात्र ब्यवसायको स्थापना वा थालनी गर्दा सफलताहरु चुम्न अवश्य पनि मद्दत पुग्दछ ।

यसरी आय आर्जनमा मात्र ध्यान नदिई सृजनात्मक तवरवाट हामीले हाम्रो क्षेत्रमा हुन सक्ने लघु तथा साना उद्योग,ब्यवसायहरु संचालन तथा ब्यवस्थापन गर्न सके स्व–रोजगारीको अवसर सृजना हुने, स्थानीय साधन तथा स्रोत उपयोगमा आउने, समाजको आवश्यकता परिपूर्ति हुने, राजस्व वृद्धिमा सहयोग पु¥याउने, विदेशी मुद्रा आर्जन गर्ने, आफ्नो मालिक आपैmँ हुने,पूजिँमा बृद्धि आदि फाइदाहरु लिन सकिन्छ । स्थानिय स्तररहाम्रो गाउँ घरमा संचालन तथा प्रवद्र्धन गर्न सकिने उद्योगहरु,जस्तैः कृषि तथा वन पैदावारमा आधारित उद्योग,पशुपालन वा पशु,पक्षीं जन्य उद्योग, उत्पादनमूलक उद्योग, निकासीमूलक उद्योग, उर्जामूलक उद्योग, खानीजन्य उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, सूचना तथा सञ्चार प्रविधि उद्योग, सेवा उद्योग आदिलाई हामी लगानि,प्रकृति र स्वामित्वको आधार वाहेकका ब्यवसायको रुपमा वर्गिकरण गरेर संचालनार्थ अगाडी बड्न सक्दछौ ।

उर्पयुक्त आधारमा हामी के विश्लेषण गर्न सक्छौ भने हाम्रो देशको भौगोलीक वनावट तथा प्राकृतिक स्रोत र साधनहरुको अध्यायन गर्ने हो भने हाम्रो जस्तो भौगोलिक वनावट भएको स्थानमा भिन्न प्रकारका धेरै वटा लघु,साना तथा मझौला उद्योगहरु संचालन गर्न प्रचुर सम्भावनाहरु छन् र अव हामीले आय आर्जनलाई मात्र वडवा दिने भन्दा पनि केही जोखीम वहन गरेर भएपनि थानिय स्तरमा उत्पादित कच्चा पदार्थहरुको प्रशोधन गरि स्थानिय स्तरमानै मुल्यमा बृद्धि गराएर जिवनस्तरलाई माथि उठाउन सकिन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

गाउँपालिका अध्यक्ष शाही र उनकी श्रीमती अपहरणमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार