
इलाम : इलामको फिक्कलमा संचालित ३ दिने निशुल्क आँखा शिविरबाट ५ सय ८३ जना आँखाका रोगीले सेवा लिएका छन् ।
समुदाय-प्रहरी जिल्ला समिति इलाम, पुर्वाञ्चल आँखा उपचार कार्यक्रम, बिराटनगर आँखा अस्पताल बिराटनगर, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलाम र सुर्योदय नगरपालिका इलामको संयुक्त आयोजनामा भएको शिविरमा ८५ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
बुधबारदेखि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा शिविर संचालन गरिएको थियो ।














































