चुलाचुलीमा बिहीबारदेखि अध्यक्षकप लिग फुटबल प्रतियोगिता

  चेतन आङथुपो
0 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकामा विहीबारदेखि अध्यक्षकप लिग फुटबल प्रतियोगिता तथा वडास्तरीय महिला नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रियका लागि खेलकुद” नारा सहित सञ्चालन हुन लागेको प्रसतयोगिताको तयारी अन्तिम पुगेकोे मंगलबार पत्रकार भेटघाट आयोजना गरी आयोजकले जानकारी दिएको छ ।

खेल र खेलाडीहरुको स्तरबृद्धी गर्नेे उदेश्य साथ चुलाचुली खेलकुद समिति चुलाचुली इलामले आज चुलाचुली गाउँपालिका २ मा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

स्थानीय पंञ्चकन्य आधारभूत विधालयको खेलमैदानमा ३ देखि १५ पु्ससम्म संचालन हुने खेलकुद समितिका अध्यक्ष रामप्रसाद राईले जानकारी दिए ।

अन्तर चलाचुलीस्तरीय खेलमा ६ वटै वडाका ६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियागितामा पुरुषतर्फ प्रथम पुरस्कार ५० हजार, दोस्रो ३० हजार र महिलातर्फ प्रथम पुरस्कार २० हजार तथा दोस्रो पुरस्कार १० हजार साथै ट्रफ्री, मेडल र प्रमाणपत्र रहेको छ ।

पत्रकार भेटघाटमा प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले चुलाचुलीको खेलकुद क्षेत्रलाई विकास गरेर लैजाने उद्देश्यका साथ प्रतियोगिता सुरुवात गर्न लागिएको बताए ।

चुलाचुली गाउँपालिका, इलामले प्रायोजन गर्ने, उक्त फुटबल प्रतियोगिताको अवसरममा चुलाचुलीबाट खेलकुद क्षेत्रमा योगदान पु¥याउने ११ जना भूतपूर्व खेलाडीहरुलाई सम्मान गरिने खेलकुद समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक रामप्रसाद राईले जानकारी दिएका छन् ।

चुलाचुली खेलकुद समितिले गत बर्ष २०७५ सालमा चुलाचुली प्रथम गोल्ड कप आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार