चुलाचुली रंगमञ्‍चको वार्षिक उत्सवमा पत्रकार तिम्सिना सम्मानित

  नयाँ बुलन्द  158 पटक हेरिएको

चुलाचुली : गाउँमा रंगमञ्च गर्दै आएको नाट्य संस्था चुलाचुली रंगमञ्चले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ७ औं वार्षिक उत्सव मनाएको छ ।

चुलाचुली रंगमञ्चको प्रेक्षालयमा आयोजित वार्षिक उत्सव कार्यक्रमको उद्घाटन चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष निर्मला दाहालले केक काटेर गरेकी थिइन् ।

रंगमञ्चले आफ्नो ७ औं स्थापना दिवसको अवसरमा साहित्यकार, रंगकर्मी तथा पत्रकार भुपेन्द्रराज तिम्सिनालाई सम्मान गरेको छ ।

तिम्सिनालाई प्रमुख अतिथि निर्मला दाहाल, वडा नम्बर ४ का वडा अध्यक्ष कालिदास भट्टराईद्वारा दोसला ओडाएर सम्मान पत्र प्रदान गरेका थिए ।

२०५३ सालदेखि निरन्तर पत्रकारिता र साहित्य साथै रंगमञ्च गर्दै आएका तिमिल्सिनाले चुलाचुलीको भूगोल र त्यहाँ भएको उर्वर कला, रंगमञ्चलाई एक दशकदेखि पत्रकारिताको माध्यमबाट सहयोग गर्दै आएका हुनाले उनको योगदानको कदर गर्दै सम्मान गरिएको रंगमञ्चका संस्थापक अध्यक्ष चेतन आङथुपोले जानकारी दिए ।

कार्यक्रममा समाजसेवी राजेन्द्र केरूङ, शिक्षाप्रेमी पदमकेशर लिम्बू , शिक्षासेवी तथा समाजसेवी सेतुप्रकाश राई, प्रवासी सेवा समाजका सल्लाहकार जनक महरा, चुलाचुली गाउँपालिका अध्यक्षका स्वकीय सचिव संजय राई लगायतले शुभकामना मनत्वय राखेका थिए ।

रंगमञ्चका पूर्व अध्यक्ष केशर बहादुर भुजेलले स्वागत मनतव्य राखेको कार्यक्रम हेमकुमार लिम्बूको अध्यक्षत्वमा र संस्थाका सचिव सन्तोस गिरीको संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार