अतिक्रमणको चपेटामा इलामको गोलाखर्कस्थित भगवती मावि

  नयाँ बुलन्द
7 Shares

इलाम : विकासको मेरुदण्डकोरुपमा सडकलाई मात्र हेर्ने परिपाटीले अत्यावश्यक कतिपय विषय ओझेलमा पर्ने गरेका छन् । विकास र चेतनाको पहिलो खुड्किलो विद्यालय भए पनि इलाम सदरमुकामको एक पुरानो विद्यालयको भवन संरक्षण गर्नु त परको कुरा आफ्नो जमिन समेत एकिन गर्ननसक्दा सडक वनाउने योजनाले अतिक्रमणको चपेटामा परेको देखिन्छ ।

बि.सं २००८ सालमा स्थापित इलामको इलाम नगरपालीका ९ गोलाखर्कस्थित भगवती मावि लामो समयसम्म यहि भवनमा सञ्चालन भयो । पछि अर्को स्थानमा जमिन र भौतिक संरचनाको व्यवस्था गरिएपछि कक्षा उतै सारियो । तर यो भवन अहिले भने चिरा चिरा परेर कति बेला ढल्ने हो भन्न नसकिने गरि जिर्ण वन्दै गएको छ । सोही अबस्था देखेर यसले ठुलो दुर्घटना निमत्याउने भन्दै स्थानीयले नै यो भवनको औचित्य नभएको भन्दै भत्काउनुपर्ने बताउदै आएका छन् । तर विद्यालयलका प्रधानाध्यापक डोरकुमार पौडेलको भने यो भवन र जमिनलाई संरक्षण गर्दै प्राविधिक शिक्षालय वनाउनु पर्ने भनाई छ ।

यो विद्यालयको झापाको अर्जुनधारा नगरपालिकामा रहेको जमिनले पनि पर्याप्त फाइदा दिन सकेको छैन । पुरानो विद्यालय रहेको जमिन र भवनलाई संरक्षण गरेर अतिक्रमण जोगाउनु पर्ने भन्दै व्यवस्थापन समितिले स्थानीय सरकारलाई आग्रह समेत गरेका बताउदै आएको भएपनि खासै सुनुवाइ भने भएकाे जस्तो देखिएको छैन । तर यता विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पुन्य घिमिरेले भने यस  भवनलाई जिर्णद्वार गरि संचालन गर्ने बताए ।

यो त एक उदाहरण मात्र हो इलामका अन्य पुराना सामुदायिक विद्यालयहरुको नाममा पर्याप्त जग्गाजमिन छ । तर उचित संरक्षण र व्यवस्थापन नहुँदा लाभ लिनु त परैको कुरा, विद्यालयका जग्गा अतिक्रमणको चपेटामा परेको देखिन्छ । यस्तो क्रमलाई रोक्न तत्काल विद्यालयले आफ्नो स्वामित्वमा भएको जग्गा जमिनको संरक्षणमा ध्यान नदिए अतिक्रमण बढ्ने देखिन्छ । त्यसैले संरक्षणसँगै जमिनको सदुपयोग गरि आम्दानी बढाउने हो भने विद्यालयको शैक्षिक विकासमा समेत मद्दत पुग्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार