चुलाचुलीकाे चासाेक तङनाममा दुई स्रष्टा सम्मानित

  नयाँ बुलन्द
0 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका १ स्थित सहिद माङ्ताेक स्मृति रंगशालामा किरात लिम्बूहरुको राष्ट्रिय ‍चाड चासाेक तङनाम २०७६ मनाइएको छ ।

कार्यक्रममा लिम्बू भाषाका साहित्यकार सेसेमी से नाल्बाे र गायक कुबेर राई सम्मानित तथा पुरस्कृत भएका छन् । दुवै स्रष्टालाई जनही २५ हजार रूपैयाँ र सम्मान पत्रले सम्मान गरिएको हो । उनीहरुलाई वडा नम्बर १ का वडा अध्यक्ष पुर्ण लावतीले सम्मान तथा पुरस्कार राशी प्रदान गरिएका थिए ।

किरात याक्थुङ चुम्लुङ चुलाचुलीका अध्यक्ष सागर जवेगुले स्वागत मनतव्य राखेका कार्यक्रममा गायक सुजन तिगेला, गायिका तिर्सना नेम्वाङले दर्शकलाई गीत गाएर चासाेक तङ्नामलाई रमाइलो बनाइएका थिए ।

चुलाचुली गाउँपालिका १ इलाम र किरात याक्थुङ चुम्लुङ चुलाचुलीको संयुक्त आयाेजना भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बालकृष्ण माबुहाङ, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले दीपप्रजलन गरि गरेका थिए ।

साहित्यकार बिवस बलिभद्र काेइराला र देशराज नेम्वाङले संचालन गरेको कार्यक्रम तिलकसिंह फागाेकाे संयाेजकत्वमा सम्पन्न भएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार