
इटहरी : ११ वुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ ।
इटहरी उपमहानगरको आयोजनामा तीन सय वढिको सहभागितामा भएको इटहरी सम्मेलनले एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय गरेको छ । गत वर्षभर भएका कार्यक्रमको समीक्षा गर्दै एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय गरेको हो ।
इटहरी क्षेत्रमा समानुपातिक,समावेशी प्रतिनिधित्व र महिला नेतृत्व विकासका लागि विशेष योजना वनाउने,समानकामको समान ज्याला दिलाउन सहकार्य गर्ने, सार्वजनिक निकायका भवन संरचना अपांगमैत्री वनाउन पहल गर्ने, कार्यस्थलमा हुने लैङ्गिक हिंसा अन्त्य गर्ने घोषणा पत्रमा जनाइएको छ ।

यसैगरी महिला सँग जोडिएका अन्य भेदभाव र अपमान जस्ता विभेद,वालवालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सवै प्रकारका हिंसा र भेदभाव न्यूनिकरण गर्र्ने,नगरपालिकाले पुरयाउने सेवामा सिमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिने लगायत घोषणा पत्रमा उल्लेख गरिएको छ ।
घोषणा पत्रमा गरिएका प्रतिवद्धता अनुसारको कार्य भोलीदेखिनै सुरु गरिने इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले जनाइन् । कार्यक्रमको सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गरेका थिए ।

























































