सामाजिक संजालका कारण लैङ्गिक हिंसा बढ्यो : मन्त्री घिमिरे

इटहरी :  सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक संजालका कारण लैङ्गिक हिंसाका घटना बढेको बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनलाई सम्वोधन गर्दै उनले त्यसो बताएका हुन् ।

मादक पदार्थ हिंसाको अर्को कारण रहेको मन्त्री घिमिरेले औल्याए । उनले देशमै प्रदेश नम्वर १ मा सबैभन्दा बढि मदिरा सेवन गर्ने गरेको तथ्यांक रहेको सुनाए । मन्त्री घिमिरेले हिंसा विरुद्धको अभियानलाई गाँउ वस्ति सम्म पूर्याएकोमा इटहरी उपमहानगरको प्रशंसा गरे । लैङ्गिक हिंसा विरुद्धको अभियानमा पुरुष सहभागिता वढाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै पूर्व संविधानसभाका सांसद रेवतीरमण भण्डारीले महिला हिंसा विरुद्ध अन्य देशमा नभएका प्रावधान समेत नेपालको संविधानमा रहेको बताए । कानुनी दायरा फराकिलो बनाइएका कारण घटना सार्वजनिक हुने क्रम पनि वढेको बताए ।

प्रदेश सांसद लिलम बस्नेतले इटहरी लैगिंक हिंसामुक्त क्षेत्र वन्ने गरि परिणामुखी कार्यक्रम संचालन गरिनुपर्नेमा जोड दिए । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले लैङ्गिक हिंसा न्यूनिकरणका लागि उपमहानगरले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । कार्यक्रममा इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा लैङ्गिक हिंसाको अवस्थाका वारेमा प्रतिवेदन प्रस्तुत गरिन् ।

सबै वडाका १ हजार ९ सय २२ जनासँग सर्वेक्षण गरेर न्यायिक समिति, प्रहरी र अन्य श्रोतहरुलाई आधार मानेर प्रतिवेदन तयार गरिएको उपप्रमुख गौतमले बताइन् । लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनमा इटहरीको सवै वडाका गरि तीन सय जना वढि सहभागि छन् । सहभागिहरु सात वटा समूह वनाएर छलफल गरि एक बर्षे कार्ययोजना तयार गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार