
इलाम : किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले आदिवासीहरुको महान् पर्वहरुलाई सरकारले राष्ट्रिय चाडको रुपमा नलिएकोमा ठूलो आपत्ती जनाएका छन् ।
किरात समुदायको महान् पर्व चासोक तङनाम २०७६ को अवसरमा किरात याक्थुङ चुम्लुङ इलामले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान एवम् स्वागत कार्यक्रममा बोल्दै लिम्बूले यस्तो आरोप लाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिम्बूले सरकारले आदिवासी र लिम्बू समुदायप्रति राखेको नकरात्मक दृष्टिकोणलाई तुरन्त सच्याउन माग गरेका छन् । सम्बृद्धिको नाममा सयौँ वर्षदेखी बस्दै आएका आदिवासीहरुको घर समेत भत्काउने नीति गलत रहेको आरोप लगाए । त्यस्तै सम्बृद्धिको नाममा आदिबासी समुदायको चाडपर्व खोस्ने र हिन्दु समुदायको संस्कृतिलाई पोस्ने काम अत्यान्तै निन्दनीय रहेको वताएका छन् ।
सरकारको यस्तो गलत र हैपाईती निर्णयप्रति आफ्नो संघ संगठन निरन्तर रुपमा लागेको र राष्ट्रसेवकहरुको तर्फबाट समेत कुटनीतिक खेल खेल्नुपर्ने आह्वान गरेका छन् ।
इलामका जिल्ला न्यायधीस माननीय हरिषचन्द्र ईङनामलाई भव्य स्वागत तथा विभिन्न सरकारी कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, बैंकिङ क्षेत्रका कर्मचारीहरुलाई मंगलबार स्वागत गरिएको हो ।

किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामका अध्यक्ष गायत्री थेगिमको अध्यक्षता एवम् किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माननीय हरिषचन्द्र इङनाम, वहाँकी अर्धनङिगनी मीना लिम्बू, उच्च सरकारी वकिल कार्यालय इलामका शाखा अधिकृत अवसर मादेन, उच्च अदालत विराटनगर इलाम इजलासका शाखा अधिकृत मोहन जबेगु, लेखा अधिकृत सुरेन्द्र जवेगू, नायव सुब्बा दिलकुमार योङहाङ, नायव सुब्बा खगेन्द्र आङदेम्बे, जिल्ला निर्वाचन कार्यालय इलामका नायव सुब्बा कृष्ण वहादुर लिम्बू, राष्ट्रिय बाणिज्य बैंक इलाम शाखाका निमित्त प्रबन्धक मनोज थाम्सुहाङ लाई स्वागत गरिएको थियो । त्यस्तै वालमण्डल माविका शिक्षक याम वहादुर लिम्बू, जुविलेण्ट इङिलस बोर्डिङ स्कुलका प्रिन्सिपल भूसान्त सुब्बा लिम्बू लगायतका शिक्षक कर्मचारीहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथि माननीय हरिषचन्द्र इङनामलाई दोसल्ला तथा सिलाम साक्मा लगाएर कियाचु अध्यक्ष गायत्री थेगिमले स्वागत गरेका थिए । साथै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई समेत वहाँले खादा तथा सिलाम साक्मा लगाएर स्वागत गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष अभिषेक येक्तेनले सरकारले आदिवासीहरुको विदा कटौटि गरेकोमा आपत्ती जनाउँदै यसका लागि सरकारी कर्मचारी समेत विरुद्धमा लाग्नुपर्ने बताए ।
लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष अतित योङहाङले लिम्बू कर्मचारीहरुलाई स्वागत गर्न पाउँदा ढुङगा खोज्दा देउता मिलेको बताउँदै लिम्बू विद्यार्थी मञ्च इलामले समेत सरकारी कर्मचारीहरुसँग परिचयात्मक कार्यक्रम आयोजना गरि लिम्बू विद्यार्थीहरुका लागि इलाममा लोक सेवा तथा शिक्षक सेवा आयोगका प्रारम्भिक तयारी कक्षाहरु सञ्चालन गर्न र अभिमूखिकरण कार्यक्रमहरु आयोजना गर्न बाटो खुलेको भन्दै खुशी व्यक्त गरे । सरकारी कर्मचारीहरुको सहयोगमा लिम्बू विद्यार्थी मञ्च इलामको आयोजनामा छिटै लोक सेवा र शिक्षक सेवा सम्बन्धी प्रारम्भिक तयारी कक्षा सञ्चालन गर्ने समेत प्रतिवद्धता गरे ।

शिक्षकहरुको तर्फबाट आफ्ना कुरा राख्दै शिक्षक वाइबि योङहाङ सरकारले आदिवासीहरुको चार्डपर्वहरुलाई लक्षित गरी विदा कटौटी गरेकोप्रति आपत्ती व्यक्त गरे । हिन्दुहरुको चाड पर्वमा विदा पनि हुने र चाडपर्व खर्च समेत उपलब्ध गराउने तर आदिवासीहरुको लागि एक दिन पनि राष्ट्रिय विदा नदिनु निन्दनिय रहेको वताए ।
राष्ट्रसेवक कर्मचारीहरुको तर्फबाट बोल्दै शाखा अधिकृत अवसर मादेनले लिम्बू समुदायका विद्यार्थीहरुलाई बढि भन्दा बढी लोक सेवा अन्तर्गत सरकारी जागिरेमा लाग्नको लागि अनुरोध गरे । हाम्रो लिम्बू समुदायले विशेष गरेर लाहुरे हुनुपर्छ भन्ने मात्र मान्यतालाई आम अभिभावकहरुले त्यस्तो सोच नराखी आफ्ना छोराछोरीलाई सरकारी कर्मचारी बनाउन लाग्नुपर्ने बताए । लिम्बू विद्यार्थी मञ्च इलामका अध्यक्षको भनाईलाई कोड गर्दै वहाँले इलाममा तत्काल लोक सेवा सम्बन्धी तयारी कक्षा सञ्चालन गर्न अनुरोध गरेका छन् र त्यसका लागि आफु र लिम्बू कर्मचारीहरुको तर्फबाट भरपुर साथ हुने प्रतिवद्धता व्यक्त गरे ।
यता माननीय न्याधीस हरिषचन्द्र इङनामले लोकसेवामा आदिबासीहरुको कोटा सबै भन्दा धेरै नेपालमा श्रेष्ठहरुले हडपेको र त्यो क्षेत्रमा पुग्न कोटामा मात्र नभई बढि भन्दा बढी लिम्बू समुदायले प्रतिनिधित्व गर्न लाग्नुपर्ने आह्वान गरेका छन् । आफुलाई स्वागत गरेकोमा किरात याक्थुङ चुम्लुङप्रति हार्दिक आभार व्यक्त गर्दै आफुबाट हुने साथ र सहयोगका लागि कुनै पनि कन्जुस्याई नगर्ने वताए । त्यस्तै लिम्बू विद्यार्थी मञ्चका जिल्ला अध्यक्षको अनुरोधलाई कोड गर्दै इलाममा यतिका धेरै लिम्बू कर्मचारीहरु भएको र यसको लागि १ दिने होइन, २ दिने होइन, १ देखी ३ महिनासम्मको लोकसेवा सम्बन्धी कार्यक्रम आयोजना गर्न अनुरोध गरे ।
कार्यक्रममा जुविलेन्ट स्कुलका प्रिन्सिपल भूसान्त सुब्बा, लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय उपाध्यक्ष रामकुमार लिङदमले समेत शुभकामना मन्तव्य राखेका थिए ।






















































