प्रत्येक नेपालीलाई साढे ३७ हजार ऋण

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : संघीय सरकारको सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब रुपैयाँमा झरेको छ । जसअनुसार प्रत्येक नेपालीको ऋण केही घटेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँको सार्वजनिक ऋण रहेको छ । पछिल्लो महिनाअनुसार यस महिना ९६ करोड ऋण घटेको हो । यस अवधिसम्म तिर्न बाँकी आन्तरिक ऋण चार खर्ब ३२ अर्ब र वैदेशिक ऋण ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । पहिलो चार महिनाको अवधिमा आन्तरिकण ऋणतर्फ ९० करोड बराबरको सावा र ६ अर्ब ७० करोड ५७ लाख रुपैयाँ बराबरको ब्याज भुक्तानी गरेको छ ।

बाह्यतर्फ दुई अर्ब ३३ करोडको सावामा र ५५ करोड ५३ लाख ब्याज भुक्तानी गरिएको छ । अहिलेसम्मको तीर्न बाँकी १० खर्ब ८४ अर्ब रुपैयाँको आधारमा एक नेपालीको टाउकोमा ३७ हजार पाँच सय ८९ रुपैयाँ ऋण रहन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार