इटहरीमा लैगिंक हिंसा विरुद्ध महिलाले खेले फुटसल

  नयाँ बुलन्द
0 Shares


इटहरी : १६ दिने लैगिक हिंसा बिरुद्घको अभियानको अवसरमा इटहरी उपमहानगरले महिला समूह विच मैत्रीपुर्ण फुट्सल खेल सम्पन्न गरेको छ ।

उपमहानगरका कर्मचारी र जनप्रतिनिधि महिला तथा पत्रकार महिला साथै उद्यमी महिला र सामाजिक संघसंस्थाका महिला बिच पाथीभरा फुटसल काब्यवाटिकामा मैत्रीपुर्ण फुट्सल खेल भएको हो ।

उपप्रमुख लक्ष्मी गौतमले नेतृत्व गर्नुभएको उपमहानगर र शुभद्रा प्याकुरेलले नेतृत्व गर्नुभएको पत्रकार महिला बिच भएको खेलमा नगरपालिकाले महिला पत्रकारलाई २ —० को अन्तरले पराजीत गर्यो । अर्को खेलमा रन्जु सिग्देल नेतृत्वको उद्यमी महिलाले सिला गजमेर नेतृत्वको सामाजिक संघस्थाका महिला टिमलाई ४— १ गोल अन्तरले पराजीत गरेको छ ।

उपमहानगरपालिकाले अभियानको क्रममा १६ दिन खेलको उद्घाटन गर्दै महिलाहरु पनि सक्षम छन् भन्ने कुराको पुष्टि गर्न खेलको अयोजना गरिएको उपमहानगरकी उप प्रमुख लक्ष्मी गौतमले बताइन् । कार्यक्रममा बोल्दै उनले यस्ता खालका कार्यक्रमले महिला पनि अघि बढ्ने बिस्वास ब्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार