डा. गोपाल गुरुङको स्मृतिमा रक्तदान

धरान : मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक डा. गोपाल गुरुङको ८० औ जन्मोत्सवमा रक्तदान गरिएको छ ।

धरानको भानुचोक स्थित लोकतान्त्रिक चौतारीमा बिहिवार भएको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत जम्मा भएको कुरा मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ का धरान नगरसभाका अध्यक्ष लोकबहादुर राईले जानकारी दिएको छ ।

मंगोलको सुनसरी जिल्ला सभाको तेस्रो अधिबेशन आमेत हुने पुर्व सन्ध्यामा पनि समेत रक्तदान गरिएको जनाएको छ।सुनसरी जिल्ला सभाको आगामी मंसिर २२ गते धरानमा अधिवेशन हुन गैरहेको जनाएको छ । अधिबेशनमा केन्द्रिय संयोजक बिरलाल बालाहाङको प्रमुख आतिथमा हुने जनाएको छ । हाल सुनसरी जिल्ला सभामा काजिमान राई अध्यक्ष छन् । डा. गुरुङ मंगोलले २१ औ शताब्दी अहिन्दु मुलबासी मंगोल मुक्तिको शताब्दी हो,लोकतन्त्र धरम निरपेक्ष संघीय सरकार भन्ने मुल नाराकासाथ अगाडि बढिरहेका छन् ।

डा. गोपाल गुरुङ मंगोलले पनि वर्तमान संविधानको पुनर्लेखनको माग अगाडि सारिएको छ । २०७२ सालको संविधानलाई नाम मात्रको संविधान भनिएको छ । वर्तमान संविधानमा खसआर्यको मात्र लेखिएको प्रती असहमति जनाउदै यो संविधान सबैको संविधान हुनुपर्ने बताएको छ । यो संविधानले बहुसंख्यक मुलबासी मंगोलहरुलाई कमजोर बनाउदै बाँच्न बाध्य बनाउने दुष्ट संबैधानिक दस्ताबेज भएको आरोप लगाएको छ । यो संविधानले ९० प्रतिशत अहिन्दु मुलबासी मंगोलको भाषा संस्कार संस्कृति र अधिकार कुन्ठित गरेको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार