फाक्तेप युथक्लबद्वारा विरामीलाई रकम प्रदान, हरेक क्षेत्रमा सहयोग

  युद्धबहादुर बोहोरा  372 पटक हेरिएको

पाँचथर : हरेक क्षेत्रमा सहयोग गर्दै आएको फाक्तेप युथ क्लबले लिलामाया नेम्बाङ चेम्जोङको उपचार खर्चको लागि  पाँच लाख १४ हजार छ सय २० रुपैयाँ क्लब अध्यक्ष पञ्चकुमार चेम्जोङले हस्तान्तरण गरेका छन् ।

क्लबको सकृयतामा जम्मा गरेको रकम फाल्गुनन्द-५ निवासी ३७ वर्षिय चेम्जोङ ०७६ साल असार ३ गते विरामी भएकी उनलाई विर्तासिटी अस्पताल विर्तामोडले रेफर गरे पछि टिचिङ्ग अस्पताल महाराजगन्ज काठमाडौं  लगिएको थियो ।

टिचिङ्ग अस्पतालमा असार ३१ गते न्यूरो सर्जन डा.अमित प्राधाङ्कको अप्रेसन टिमले ‘हेड इन्ज्युरी’ को अप्रेसन गरेर उनको स्वास्थ सुधार भएको छ । आर्थिक अवस्था कम्जोर भएको उनको परिवारले नौ लाख भन्दा बढी रुपैयाँ जम्मा गर्न मुस्लिम परेका कारण रकम  संकलन गरि विरामीलाई प्रदान गरिएको स्थानीय सामाजिक अभियान्ता केवि चेम्जोङले बताए ।

उनको सहयोगका लागि कोरियाबाट राजकुमार चेम्जोङ, आईन्द्र चेम्जोङ र भिमराज चेम्जोङको पहलमा दुई लाख रुपैयाँ,कतारबाट अर्जुन चेम्जोङको पहलमा १५ हजार दुई सय ५० रुपैयाँ साथै मलेसियाबाट अरुण चेम्जोङ र मित्र चेम्जोङ(मिक्सन) को पहलमा ७४ हजार चार सय रुपैयाँ र स्थानीयहरुमा समेत संकलन गरिएको क्लबका अध्यक्ष चेम्जोङले जानकारी दिए।

त्यस्तै स्थानीय मुटु रोगी १५ वर्षिय आयुस राईको मुटुको अप्रेसन भइरहेको हुँदा उनको उपचार खर्चका लागि दुई लाख रुपैया जम्मा गरिसकेको बताइएको छ ।

अझै उनीहरुको उपचार खर्च आवश्यक परेको हुँदा इच्छुकले यस क्लब मार्फत सहयोग गर्न आग्रह गर्दै जम्मा भएको रकम सहि सदुपयोग गरिने जनाइएको छ ।

“एकीकृत विकासको अभियान” को नाराका साथ अगाडि बढेको यस क्लबले,खेलकुद,सामाजिक कार्य,विकास निर्माणका काम,दैवीप्रकोप,अनाथ,अपांग निम्न आर्थिक अवस्थाका परिवारलाई सहयोग तथा उपचार खर्च लगायतमा हातेमालो गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार