अभिभावकको स्मृतिमा पाठ्य सामाग्री


इलाम :  इलामका एक युवाले आफ्ना बुबा र बहजुरबुबाको स्मृतिका जन्मथलो इलाम नगरपालिका १ को एक आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पाठ्य सामाग्री हस्तान्तरण गरेका छन् । युवा निराजन भट्टराईले हजुरबुबा कृष्णबहादुर र बुबा मानबहादुर भट्टराईको स्मृतिम ४० हजार मुल्य बराबारको कापी र पेन्सिल बितरण गरिएको हो ।

विद्यालयका एक सय २५ जना विद्यार्थीलाई प्रति बिद्यार्थी एक दर्जन कापी, पेन्सिल बितरण गरिएको थियो । निराजन सहित आमा सकुन्तला र भाई अभिषेक स्वयम विद्यालयमा उपस्थित भएर सो सामाग्री बितरण गरेका थिए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिनाथ लुइँटेलको सभापतीत्व र चन्द्रबहादुर बस्नेतको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

स्वर्गिय कृष्णकहादु विद्यालयका संस्थापक हुन् भने मानबहादुर संस्थापक अध्यक्ष हुन् । २०१५ सालमा तत्कालिन सांसद समेत रहेका समाजसेवी कृष्णबहादुरको २० वर्ष अगाडी नै मृत्यू भए पनि हाल उनले स्थापना गरेको विद्यालय मार्फत धेरैले शिक्षा आर्जन गरेर देशका विशेष ओहदामा कार्यरत रहेको भन्दै कार्यक्रममा चर्चा गरिएको थियो । शिक्षाप्रेमी भट्टराई परिवारले दिएको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ठुलो राहत मिलेको बिद्यालयका प्रधानाध्यापकको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार