लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दोकानडाँडामा

  गोविन्द लामिछाने
0 Shares

एकतप्पा (दोकानडाँडा) : ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ७ एकतप्पा दोकानडाँडामा बुधवार भव्य रुपमा सम्पन्न भएको छ ।

वडा कार्यालयबाट प्ले कार्ड, ब्यानर बोकेर सुरु भएको ¥याली दोकानडाँडा बजार परिक्रमा गरी पुनः वडा कार्यालयमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, सिंहदेवी मावि, मिक्तोक आवि, जनकल्याण माविलगायत विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी महिला स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता रहेको थियो ।

कोणसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहालले लैंगिक हिंसा विरुद्धको वर्ष अभियानको औचित्य र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले सबैको सोच परिवर्तन गरेर सकारात्मक कुरा गरेर घरबाटै हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । टोल टोलमा प्रहरी पुगेर हिंसाका घटना अन्त्यका गर्न लागिपरेको बताए । मादकपदार्थ, जुवातासले घटना हिंसा घट्ने भन्दै यस्ता क्रियाकलाप अन्त्य गर्न एकजुट भएर अघि बढ्नुपर्ने बताए । सामाजिक न्याय सहितको समृद्ध फाकफोकथुम निर्माणका लागि सबै क्षेत्र वर्गले सहयोग गर्नुपर्नेमा जोड दिए ।

केन्द्र, प्रदेशको निर्देशन बमोजिम गाउँपालिकाको केन्द्र तथा सार्वजनिक संस्थाको २०० मिटर आसपास क्याराम बोर्ड तथा जुवाजन्य खेल खेल्न गाउँपालिकाले निषेध गरेको बताउँदै उनले गाउँपालिकाको केन्द्र आमचोकलाई समतामूलक तथा स्वच्छ बजार निर्माणका लागि गाउँकार्यपालिकाले जुवाजन्य तथा क्यारामबोर्ड खेल खेल्न प्रतिबन्ध लगाएको उद्घोष गरे । ‘जुवातासलगायतका खेल खेल्ने वरपरको समाज पनि फोहोरी र पछि परेको उदाहरण छ,’ उनले भने ‘त्यसैले जुवाजन्य र क्यारामबोर्डमा प्रतिबन्ध लगाएका हौं ।’

कार्यक्रमकी विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले मादकपदार्थ, जुवातासनै घरेलु हिंसाको मुख्य जड भएको बताउँदै यस्ता विकृतिलाई अन्त्य गर्न लागिपर्न आग्रह गरिन् । छाउपडी प्रथा, बलात्कार, महिला हिंसाजस्ता कुसंस्कारलाई अन्त्य गर्दै समतामूलक समाज र राष्ट्र निर्माणमा आजको दिनले प्रेरणा मिल्ने बताइन्

क्यारामबोर्ड, जुवातास खेलेर घरपरिवार, धन खेर फाल्नुभन्दा खेलेर समय बिताउने युवाहरुलाई विकास निर्माणमा लाग्न र त्यसका लागि गाउँपालिकाले पनि सहयोग गर्ने उनले बताइन् । गाउँपालिकाको सहयोगमा विद्यालय–विद्यालयमा गएर प्रहरीसँगको साझेदारीमा किशोरीहरुलाई लंैगिक हिंसा विरुद्धको बारेमा सचेतना फैलाउने कार्यक्रम गाउँपालिकाले तय गरेको उनको भनाई थियो ।

मंसिर १७ गते वडा नं. ४ मा कार्यक्रम सम्पन्न भएको थियो । वडा नं. ७ का वडाध्यक्ष लोकबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य शशिधर खनाल, अमृता नेपाली, महिला सञ्जालकी लक्ष्मी आले, जनकल्याण माविका प्रअ दुर्गाबहादुर लिम्वू, सिंहदेवी माविका प्रअ डिकबहादुर राई, रविन्द्र राईलगायतले शुभकामना मन्त्व्य राखेका थिए भने गाउँपालिकाका कर्मचारी विमल घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार