तीनै तहको सरकारबीच तालमेल आवश्यक : उपप्रधानमन्त्री पोख्रेल

  नयाँ बुलन्द  307 पटक हेरिएको

इलाम : उप्रप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले जनताले विकासका लागि केन्द्रीय सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताएका छन् । जिल्लाको माङसेबुङ ५ स्थित किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औँ जन्मात्सव कार्यक्रमलाई सम्बोधन उपप्रधानमन्त्री पोख्रेलले विगतमा जस्तो केन्द्र धाउने दिन गएको बताएका हुन् ।

मुलुक अहिले संघीयता कार्यान्वयनको अवस्थामा रहेको उल्लैख गर्दै उपप्रधानमन्त्री पोख्रेलले पूर्ण रुपमा संघीयता कार्यान्वयन भईसकेपछि केन्द्र धाउने दिन सधैंको लागि अन्त्य हुने दावी गरे । उपप्रधानमन्त्री पोख्रेलले विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारले नसके प्रदेश सरकारसमक्ष र प्रदेश सरकारले पनि नसके मात्र संघीय सरकारसमक्ष माग गर्नुपर्ने पद्धतीको विकास गर्नुपर्ने बताए ।

संविधानले दिएको अधिकारको उपयोग गर्दै सबै सरकार उत्तिकै मजबुत रहेको बताउँदै संघीय सरकारले मात्र विकास गर्छ भन्ने कुराको अन्त्य हुन जरुरी रहेको उल्लेख गरे । त्यसका लागि तीनै तहका सरकारबीच तालमेल हुन अत्यावश्यक रहेको उल्लेख गरे ।

देशमा समृद्ध नेपाल र सुखी नेपालीको नारा वर्तमान सरकारले नै पूरा गर्ने प्रतिवद्धता जनाउँदै साथ दिन सम्र्पण इलामेली जनतासमक्षा आह्वान समेत गरे । प्रधानमन्त्री आधुनिकिकरण परियोजना, कृषिमा आधुनिकीकरण र व्यवसायिकरणमा समेत सबै सरकारले पहल गर्नुपर्ने उनको धारणा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार