बुधबार सार्वजनिक विदा !

माङसेबुङ (इलाम) : इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा बुधबार सार्वजनिक विदा दिएको छ ।

गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष इदिङ्गोले बताए । यो निर्णयलाई किरात धर्मावलम्बीहरूले ऐतिहासिक निर्णय भएको भन्दै स्वागत गरेका छन् ।

किरात धर्मगुरु लिङदेनले किरात समुदायमा पुर्याएको योगदानको सम्मानस्वरुप सार्वजनिक विदा दिइएको अध्यक्ष इदिङ्गोले बताए ।

धर्मगुरु लिङदेनको जन्मोत्सव १८ मंसिरमा विभिन्न मुलुकका किरात धर्मावलम्बीहरुको सहभागितामा धर्मगुरु जन्मोत्सव मनादैंछ । यस वर्ष लिङदेनको जन्मोत्सवको उद्घाटन र शुभकामना दिन उपप्रधान तथा रक्षमन्त्री इश्वर पोखरेल इलामको माङसेबुङ आउँदैछन् ।

जन्मोत्सवमा यसअघि पूर्वराजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, सुशील कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलगायत माङसेबुङ आइसकेका छन

धूम्रपान मध्यपान निशेधित क्षेत्र

माङसेबुङ क्षेत्र धूमपान मद्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा–५ र ३ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरूको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमांस, धूमपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लील कार्य निषेधित क्षेत्र घोषणा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार