जाडोमा न्यानो कपडा र प्यानो वितरण


इलाम : इलामका दृष्टिविहिन बालबालकिालाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । इलाम नगरपालिका ९ स्थित श्री पोखरी आधारभुत दृष्टिविहिन विद्यालयमा अध्ययनरत तथा सोही विद्यालयको होस्टेलमा बस्दै आएका बालबालिकालाई एक कार्यक्रमका बीच ज्याकेट वितरण गरिएको छ ।

इलाममा रहेको सहयात्रा नेपाल नामक संस्थाको पहलमा काठमाण्डौमा बस्दै आएका सोम बहादुर राई र रीता देवानले ज्याकेट उपलब्ध गराएको संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले बताउनु भयो । यसै गरी संस्थाको पहलमा युकेका नागरिक फ्लोरेन्सले उपलब्ध गराएको एक थान प्यानो समेत विद्यालयलाई हस्तान्तरण गएिको जनाइएको छ ।

भोलि मनाइने अन्तराष्ट्रिय अपाङ्ग दिवसको सन्दर्भ पारेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्तरण गरिको जनाइएको छ । संस्थाले यसअघि दृष्ट्रिविहिन बालबालिकालाई संगीत सम्बन्धी तालीम दिइसकेकोले संगीत समेत उपलब्ध गराउदा बालबालिकालाई सहयोग पुग्ने अपेक्षा रहेको संस्थाकी कोषाध्यक्ष सविता पाण्डेले बताइन् ।

विद्यालयकी प्रधानअध्यापक शसीकला गुरागाइले दृष्टिविहिन बालबालिका अध्ययनमा रुची राख्ने भए पनि अझै पनि विद्यायलय आउन बाट बन्चित भइरहेका बताइन् । उनीहरुलाई सहयोग गर्न सके अध्ययन सँगै अन्य प्रतिभाको विकास गर्न सकिने बताइन् ।

इलाम नगरपालिका ९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेले दृष्टिविहिनका लागि राज्यले दिएको सेवा सुविधाले मात्र पर्याप्त हुन नसक्ने भन्दै सबै मिलि लाग्न पर्ने बताइन् ।

कार्यक्रम संस्थाकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षता र इलाम नगरपालिका ९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार