
इलाम : इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको आज (मंगलबार) फाइनल हँदैछ । उपाधिका लागि दिउँसो २ बजे हुने फाइनलमा विदेशी र स्वदेशी टिमको प्रतिष्पर्धा हुँदैछ ।
उपाधिका लागि मानेभञ्ज्याङ स्पोर्टिङ क्लव दार्जिलिङ भारत र भाङबारी स्पोटिङ क्लब दमक झापा आमनेसामने हुँदैछन् ।
विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार पाउनेछन् ।
यसअघि सोमबार भएको अन्तिम सेमिफाइनलमा रेडस्टार फूटबल क्लव बिर्तामोड झापा विरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्दै दमक फाइनलमा प्रवेश गरेको थियो । दार्जिलिङ भने एएससी अर्जुनधारा झापालाई पराजित गर्दै फाइनल प्रवेश गरेकव थियो ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजितामा ८ टिमको सहभागिता थियो ।






















































