चुनावमा पराजयपछि समाजवादी उम्मेद्वार आङदेम्बेको यस्तो प्रतिज्ञा !

  नयाँ बुलन्द
7 Shares

विमला नेम्बाङ आङदेम्बे

पाँचथर : शनिबार भएको उपचुनावमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका एक प्रत्यासीले आफ्नो पराजयले मातृभाषा पराजित भएको प्रतिक्रिया दिएकी छन् ।

समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार बनेकी विमला नेम्बाङ आङदेम्बेले पराजयपछि सोमबार साँझ सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै मातृभाषा र धर्मनिरपेक्षताले हारेको भन्दै दुख व्यक्त गरेकी छन् ।

‘हार्दैमा मेरो पार्टीले लिएको मुद्दाले हार्यो भन्ने कुरामा पनि म विस्वस्त छैन’ उनले लेखेकी छन्, ‘तर निश्चित रूपमा मातृभाषाले हारेको छ । धर्म निरपेक्षताले हारेको छ । लिम्बुवान सहित १० जोड १ को मुद्धाले धक्का बेहोरेको छ । संविधान संशोधनको मुद्दाले हारेको छ । विभेदरहित समाज निर्माण गर्नुपर्छ भन्ने मुद्दाले हारेको छ ।’

उनले फाल्गुनन्द गाउँपालिकामा पहिचान विरोधी, भ्रष्टाचार, कमिसन, दलाली, अन्याय-अत्याचार, शोषण आदि कायम हुनुपर्दछ भन्ने मान्यताले खुलेआम जितेको उल्लेख गेरेकी छन् ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सपना पूरा हुनेमा शंका व्यक्त गर्दै ईमानसिंङको ईतिहासको सम्मान हुन्छ भन्नेमा विस्वस्त नरहेको उल्लेख गरेकफ छन् ।

आङदेम्बेले समाजवादी पार्टी नेपाली राजनीतिको वैकल्पिक पार्टीको रूपमा उदाउँदै आएको उल्लेख गर्दै आम जनताको साथ नछोड्ने प्रतिज्ञा समेत गरेकी छन् ।

समग्र महिलाको साझा उम्मेद्वार दावी गरेकी आङदेम्बेले आफू र समाजवादी पार्टीलाई मत दिएका फाल्गुनन्दबासी मतदातालाई धन्यवाद समेत व्यक्त गरेकी छन् ।

सोमबार विहान सम्पन्न मतगणनामा फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बीरबहादुर कुरुम्बाङ विजयी भए ।

हेर्नुहोस् आङदेम्बेको स्टाटस :

फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष उम्मेद्वारको रूपमा म चुनावमा उभिएको थिए । फाल्गुनन्द गाउँको टोलटोलमा पुगेर, आफ्नो कुरा राख्ने ठूलो अवसरको रूपमा यो चुनावले प्रदान गर्यो । धेरै कुरा सिक्ने मौका मिल्यो । यस्मा म खुशी छु ।
चुनावको परिणाम आएको छ ।
चुनावमा हार्दैमा कोहि पराजित हुन्न भन्ने लाग्छ र तिनले मात्र हारेको ठहरिन्छ, जो हार पछि खेल्न छोड्छन् ।
समाजवादी पार्टी नेपाली राजनीतिको बैकल्पिक पार्टीको रूपमा उदाउँदै आएको पार्टी हो । आम जनताको साथ छोड्ने छैन भन्ने कुरामा म बिस्वस्त छु ।
फाल्गुनन्द गाउँपालिकाको एक महिला अध्यक्ष उम्मेदवार हार्दा यहाँका सबै महिलाले हार बेहोर्नु भो भनेर म भन्दिन ।
हार्दैमा मेरो पार्टीले लिएको मुद्दाले हार्यो भन्ने कुरामा पनि म बिश्वस्त छुईन ।
तर निश्चित रूपमा मातृभाषाले हारेको छ ।
धर्म निरपेक्षताले हारेको छ ।
लिम्बुवान सहित १० जोड १ को मुद्दाले धक्का बेहोरेको छ ।
संबिधान संशोधनको मुद्दाले हारेको छ ।
बिभेदरहित समाज निर्माण गर्नु पर्छ भन्ने मुद्दाले हारेको छ ।
र पहिचान बिरोधी, भ्रष्टाचार, कमिसन, दलाली, अन्याय-अत्याचार, शोषण आदि कायम हुनुपर्दछ भन्ने मान्यताले खुलेआम जितेको छ ।
फाल्गुनन्द गाउँपालिका मै महागुरु फाल्गुनन्दको सपना पूरा हुन्छ भन्ने कुरामा मलाई शंका छ ।
ईमानसिंङको ईतिहासको सम्मान हुन्छ भन्ने कुरामा म पटक्कै बिश्वस्त छुईन ।
जे होस्, पबित्र आत्माले मलाई र मेरो पार्टी समाजवादी पार्टीलाई मत दिनु भो, त्यसका लागि फाल्गुनन्दवासी सम्पुर्ण मतदातालाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।
चुनाव प्रचारप्रसारको क्रममा आर्थिक तथा नैतिक रूपमा सहयोग गर्नु हुने तमाम पार्टीका नेता, स्वदेश तथा बिदेशमा रहनु हुने शुभेच्छुकहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

र चुनावी अभियानको क्रममा सहयोग गर्नु हुने समाजवादी पार्टी फाल्गुनन्द गाउँ पालिका समितिका सम्पुर्ण नेतागण, केन्द्रिय समिति, प्रदेश समिति, लिम्बुवान राष्ट्रिय समिति, जिल्ला समिति, जनवर्गीय समितिहरुका नेताहरू सबैलाई धन्यवाद भन्न चाहान्छु ।
अन्त्यमा चुनावी लोकतान्त्रिक अभ्यासमा बिजयी हुनुभएका बिजेतालाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्न चाहान्छु । धन्यवाद ।
सेवारो, जय लिम्बुवान ।

बिमला नेम्बाङ आङदेम्बे
पाँचथर, फाल्गुनन्द-अम्लाबुङ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार