फाल्गुनन्द गाउँपालिकामा नेकपाको अग्रता कायमै (हेर्नुहोस् कसको मत कति ?) 

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

फाल्गुनन्दमा १६ हजार ५ सय ७७ मतदातामध्ये १० हजार ८ सय २३ खसेको थियो। जम्मा ६४११ मत मतगणना भइसकेको छ। नेकपाले निरन्तर अग्रता कायमै राखेको छ । हालसम्म ८५ मत बदर भएको छ।

पछिल्लो मतपरिणाम यस्तो छ :

वीरबहादुर कुरुम्बाङ (नेकपा) : ३०६८ मत

बृजहाङ आङदेम्वे ( नेपाली काङ्ग्रेस) :२८६१ मत

बिमला आङ्देम्बे (समाजवादी पार्टी) : १७२ मत

ससुहाङ चेम्जोङ (राप्रपा) : १९ मत

मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) : ४२ मत

इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) : १८ मत

जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : १४३  मत

उदय सुनुवार (मंगोल नेशनल अर्गनाइजेसन) : ३ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार