भक्तपुरमा कांग्रेसको विजयी र्‍र्‍याली

  नयाँ बुलन्द
0 Shares

भक्तपुर : भक्तपुर क्षेत्र नं. १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएपछि कांग्रेस र राप्रपा संयुक्तले विजयी र्‍र्‍याली निकालेको छ । विजयी र्‍र्‍यालीमा स्थानीय नेता तथा कर्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४४९ मत ल्याएर विजयी भएका थिए ।

निकटतम प्रतिस्पर्धी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गरेका थिए भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गर्दै तेश्रो स्थानमा पुगेको छ । नेमकिपाले यस क्षेत्रमा आफूलाई मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउन सकेन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए  भने कांग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१.१७ प्रतिशत मत खसेको थियो ।

एक्काइस हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार