
पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । फाल्गुनन्दमा १६ हजार ५ सय ७७ मतदातामध्ये १० हजार ८ सय २३ खसेको थियो । जम्मा मत ६ सय मतगणना भइसकेको छ । प्रारम्भिक मतगणनामा नेकपाले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम यस्तो छ :
वीरबहादुर कुरुम्बाङ (नेकपा) : ४०४ मत
बृजहाङ आङदेम्वे ( नेपाली काङ्ग्रेस) : ३५४ मत
बिमला आङ्देम्बे (समाजवादी पार्टी) : ५३ मत
ससुहाङ चेम्जोङ (राप्रपा) : ९ मत
मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) : ११ मत
इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) : २ मत
जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : ५ मत
उदय सुनुवार (मंगोल नेशनल अर्गनाइजेसन) : ० मत















































